Welcome |
कुनै कामधाम गर्न नसके पनि कलाकार संघका पदाधिकारीले चर्चामा आउने सूत्र
भने सिकेका छन्। यही शृंखलामा कलाकारका लागि आचारसंहिता जारी गर्ने तयारी
भइरहेको छ। तर, कलाकारहरूले नै यो निर्णयलाई बेमौसमी बाजा भन्न थालेका छन्।
आचारसंहितामा नेपाली सिनेमामा अश्लीलता ठ्याम्मै रोक्ने अनि त्यस्ता
फिल्ममा काम गर्नेलाई सामाजिक बहिष्कार गर्ने कुरासमेत परेको छ। त्यसो त
कलाकार संघमा फुर्सदिलाहरूको मात्र जमघट छ। तिनै फुर्सदिला कलाकारले बनाएको
नियम कामकाजीहरूलाई हजम हुन्छ कि हुन्न, हेर्न भने बाँकी नै छ।
रागिनीलाई बैसाखी
फिल्म
प्लानमा अभिनय गरेपछि भव्य तारपिm भएको थियो, रागिनी खड्गीको। काली काली
हिस्सी परेकी रागिनीका प्रशंसकहरू त्यसपछि चाहिँ निराश हुँदै गएका छन्।
रागिनीलाई कलिउडमा टिक्न अझै पनि बा -द्वन्द्व निर्देशक राजेन्द्र खड्गी)कै
साथ जरुरी देखिएको छ। प्लान, दुलही रानी, भेटीलगायत एक दर्जनभन्दा बढी
फिल्ममा मुख्य भूमिका निर्वाह गर्दा पनि अभिनयमा खासै दम नदेखिएपछि उनको
चर्चा सेलाउँदै गयो। त्यसैले छोरीलाई टिकाउनकै लागि भए पनि नेपालका पुराना र
राम्रा फाइट मास्टर खड्गीले नयाँ फिल्ममा कामको कुरा आउनेबित्तिकै भन्ने
गरेका छन्, "मेरो काम राम्रो चाहिन्छ भने हिरोइनमा रागिनीलाई राख।"
आमाको सम्झना
काठमाडौँका
महँगा होटलमा केही साथीभाइ जम्मा गरेर केक काट्दै वाइन पिएर बर्थ डे
सेलिब्रेसन गर्ने चलन छ, नेपाली हिरोइनको। तर, नायिका नीता ढुंगानाले भने
आफ्नो जन्मदिन अनाथ बालबालिकासँग मनाएकी छन्। केही महिनाअघि आमा गुमाएकी
नीता बालबालिकालाई एकैछिन भए पनि अभिभावकको आभास दिन खोजेको बताउँदै थिइन्।
आगामी वर्ष पनि यसै गरी अनाथहरूकै बीचमा बसेर जन्मदिन मनाउने योजना छ
उनको। भन्दै थिइन्, "आमाको सम्झनामा गच्छे अनुसार यस्तो काम गररिहनेछु।"
आशिष्मालाई जातकै चाहियो
एउटी
युवतीलाई कस्तो केटा मन पर्छ होला ? अग्लो, हँसिलो, मीठो बोल्ने अनि
प्रशंसामा जति समय पनि खर्चिने। नेपाली फिल्मकी उम्दा हिरोइन आशिष्मा
नकर्मीलाई मन पराउनेले यस्ता स्वभाव ख्याल गर्न जरुरी छ नै, त्यसबाहेक जात
पनि मिल्दो हुनुपर्छ। नकर्मी भन्दै छिन्, "म त जात मिल्दो र मन मिल्दो बिहे
गर्ने।" तन्नेरी पुस्तामा अन्तरजातीय विवाह मौलाउँदै गएका बेला आशिष्माको
स्वजातीय वरको खोजीलाई नकारात्मक त भन्न नमिल्ला। तर, कलिउडमा हिरोइनहरू
कुरा फेर्न सिपालु छन्, कुनै दिन आशिष्माले पनि धारणा बदलिएको बताइन् भने
आश्चर्य नमाने हुन्छ।
रमणीय रीमा
सर्वसाधारण
दर्शक मात्रै होइन, कतिपय फिल्म र म्युजिक भिडियो निर्देशकसमेत नायिका
रीमा विश्वकर्माका असली फ्यान छन्। नीरज बरालले निर्देशन गर्ने फिल्म
स्टुपिड मनमा अनुबन्ध भएकी रीमा सुटिङ्का लागि थाइल्यान्ड पुगेपछि समन
अधिकारीलगायत केही म्युजिक भिडियो निर्देशकसमेत उनकै पछि लागेको थाहा
पाइयो। रीमाको सौन्दर्य र थाइल्यान्डको रमणीय प्रकृतिलाई क्यामेरामा कैद
गरेपछि आफ्नो कामले चर्चा पाउला भन्ने लोभमा फसेको पो देखियो
नवनिर्देशकहरू।
अब गिनिज रेकर्ड्समा
नायक
अर्जुन कार्कीसँग आगामी फिल्म नभएर के भयो त ? उनको चर्चा सेलाएको छैन।
बजार फिल्ममा आफँैले लगानी गरेका अर्जुनका बारेमा फिल्म रिलिज हुनुअघिसम्म
हल्ला चल्यो, 'बबाल गरेका छन् रे !' तिनै मान्छेहरूले फिल्म हेरेपछि भन्न
थाले, 'फिटिक्कै काम गरेका रहेनछन्।' काम जस्तो भए पनि हल्ला गजबै भयो।
यसलाई पनि फाइदाको रूपमा बुझे अर्जुनले।
त्यसपछि फिल्ममा लगानी गर्ने गल्ती नदोहोर्याएका अर्जुनले अन्य फिल्ममा अभिनय गर्ने झन्झट पनि बेहोरेनन् र लागे सगरमाथा आरोहणमा। 'एक्सन हिरो'को छवि बनाएका अर्जुनले सगरमाथा चुचुरोमा समेत आफ्नो 'स्टन्ट' देखाउन छाडेनन्। एक मिनेटसम्म टाउकाले टेकेर उभिए। अहिले त्यही पुरुषार्थलाई गिनिज वल्र्ड रेकर्ड्समा लेखाएर कीर्तिमानमा दरिने अभियानमा रहेछन्।
रागिनीलाई बैसाखी
आमाको सम्झना
आशिष्मालाई जातकै चाहियो
रमणीय रीमा
अब गिनिज रेकर्ड्समा
त्यसपछि फिल्ममा लगानी गर्ने गल्ती नदोहोर्याएका अर्जुनले अन्य फिल्ममा अभिनय गर्ने झन्झट पनि बेहोरेनन् र लागे सगरमाथा आरोहणमा। 'एक्सन हिरो'को छवि बनाएका अर्जुनले सगरमाथा चुचुरोमा समेत आफ्नो 'स्टन्ट' देखाउन छाडेनन्। एक मिनेटसम्म टाउकाले टेकेर उभिए। अहिले त्यही पुरुषार्थलाई गिनिज वल्र्ड रेकर्ड्समा लेखाएर कीर्तिमानमा दरिने अभियानमा रहेछन्।
0 comments:
Post a Comment