| Welcome |
दश बर्ष अघि साउदी अरबमा संगै काम गरेको साथीले ब्याज दिने सुन धरौटीमा राखेर पैसा लैजादाँ बानेश्वरमा सुन पसल चलाएर बसेका सुदन गहतराज खुसी नै थिए । उनलाई लागेको थियो, अर्काको एउटै ओछ्यान बाँडेर दुई बर्ष संगै बिताएको साथी थमबहादुर भण्डारीले बैमानी गर्दैन । उनले बिश्वास र ब्याज आउने आशमा गत जेठ देखी झण्डै डेढ सय तोला सुन राखेर ४८ लाख रुपैंया दिएका थिए ।
बैदेशिक रोजगारीको काम गर्ने भण्डारीले बिदेशमा कमिसन पठाउन रकम अभाब भएको भन्दै पटक/पटक गरेर उक्त रकम ठगी गरेको पाइएको छ । त्यसरी ठगी गर्ने भण्डारी, उनका छोरा नबिन सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले उनीहरुलाई राजधानीका बिभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङ सेरतुङका बुदु तामाङ, ढकबहादुर तामाङ, तरज्याल तामाङ, टेकबहादुर तामाङ र पिल्चा लामा छन् । यिनीहरुले सुन नक्कली गरगहना आपै+mले बनाएर बिक्रि बितरण गर्ने गरेको महाशाखा प्रमुख एसएसपी बिजयलाल कायस्थले बताए । कायस्थका अनुसार तर्चेल, ढकबहदुर, टेकबहादुर र बुदु तामाङलाई सुनका गरगहना बनाउने ज्ञान भएको र उनीहरुले सुनको जलप लगाई बिभिन्न किसिमका गरगहना बनाउने गरेका थिए । ति सुनको बिल सहित धरौटी राखेर पैसा लगेको प्रहरीले जनाएको छ ।
ठगिएका गहतराजले सुरुमा बिश्वासका भरमा आफुले भण्डारीलाई पैसा दिएको बताए । 'बिलहरु सक्कली जस्तै थियो, सुन रगडेर हेर्दा पनि नक्कली भनेर छुट्याउन सकिन' उनले भने 'धेरै सुन राखेर पैसा लैजान थालेपछि रकम अभाब नै भएको भए किन बेच्र्दैन भन्ने लागेर सनुको बाला भाँचेर हेरेको भित्र त चाँदी रहेछ ।' त्यसपछि उनले भण्डारीलाई फोन गरेका थिए । उनी भाग्न थालेपछि आफुलाई झन् शंका लागेको उनले बताए ।
महाशाखाले गहतराजको पसलबाट धरौटीका लागि राखेको पहेंलो सुन जस्तो धातुबाट बनेको ४२ थान चुरा, ३ वटा औठी फेला पारेको छ । यस्तै ठगबाट नगद १ लाख, दुई वटा सुनको जस्तो देखिने चुरा लगायत बिभिन्न सुन पसलको बिलहरु बरामद गरेको छ । उनीहरुलाई ठगी मुद्धामा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जनाएको छ ।

0 comments:
Post a Comment