Welcome
 राप्रपा नेपालले राजा सहितको प्रजातन्त्र भनेर चुनावी नारा तय गरि रहेको वेला पुर्व राजपरिवार भित्र धो चरम मतभेद रहेको समाचार वाहिर आएको छ । पत्रकार सिताराम वरालका अनुसार, पूर्वयुवराज्ञी हिमानी शाह नेपालमा विभिन्न सामाजीक अभियानमा लागेर पति पारस शाहले विगारेको छवी सुधार्न लागेको देखिए पनि उनको भित्रि पिडा बेग्लै छ ।
उनका पति पारस अहिलेबैंककमा अर्कै युवतीसंग बस्दै आएका छन् र उनि ति युवतीका साथ काठमाडौ फर्किन लागेको हल्ला चलेपछि हिमानी एक्क्सी भदौ २७ गते थाइल्यान्डको राजधानी बैंककतर्फ लागिन् । उनले वैंकक विमानस्थलबाट एउटा तस्विर आफ्नो फेस बुकमा अपलोड पनि गरेकि थिइन । श्रोत भन्छ, हिमानी हतार हतार एक्लै बैंककतर्फ लाग्नुको मुख्य कारण थियो ुपारस थाई युवतीसंग फसेका छन् र उनि चांडै विवाह गरेर संगै नेपाल फर्किने तयारीमा छन् । उनलाई श्रीमतीका रूपमा लिएर दसैँअगावै पारस काठमाडौँ आइपुग्दै छन्ु भनेर शाह राणा परिवारमा हल्ला चलेपछि हिमानी पारसलाई संझाउन त्यहां जानु परेको हो ।
३ असोजमा स्वदेश फर्किने गरी बैंककतर्फ लागेकी हिमानी आजसम्म काठमाडौ आउन सकेकी छैनन् । थाइल्यान्डको बैंककस्थित समितिवेज अस्पतालबाट १६ चैत ०६९ मा डिस्चार्ज भएपछि पारस शाहले ूअब सुध्रन्छु र सुधारगृहमा बस्ने समय सकिनासाथ नेपाल फर्किन्छु भनेर बचन दिएका थिए र त्यही बचन अनुसार हिमानी त्यसवेला पारसलार्य छाडेर काठमाडौ आएकी थिइन । तर मादक पदार्थ र लागूऔषधका अम्मली पारस ४५ दिन सुधारगृहमा बसेर पनि उतै ६ महिना बिताइ सकेका छन् । बरू पारस 'नयाँ दुलही' सहित र्फकने हल्ला व्यापक छ र हिमानी हतार-हतारमा बैंकक हानिएकी छन् ।
पत्रकार वरालका अनुसार, पूर्वराजपरिवारका सदस्यहरूबीचको आन्तरकि खिचलो र मनमुटाव चरम उत्कर्शमा पुगेको छ । पूर्वराजपरिवारका मुख्य सदस्यहरूबीचको सम्बन्ध त्यस्तो हार्दिकतापूर्ण छैन, जसले गर्दा पारस नेपाल आउन चाहंदैनन् । स्रोतको भनाइ छ, बाबुछोरा ज्ञानेन्द्र र पारस, छोरी ज्वाइँ प्रेरणा र राजबहादुर सिंह, ज्वाइँजेठान सिंह र पारस, ससुरा९ज्वाइँ ज्ञानेन्द्र र सिंहबीच पनि उस्तै विवाद र मनमुटाव छ, जस्तो मनमुटाव र तिक्त सम्बन्ध पछिल्लो समय पारस र हिमानीबीच छ ।

बैंककमा रहेका पूर्वयुवराज पारसलाई ८ फागुन ०६९ मा हृदयाघात भयो। त्यहाँको समितिवेज अस्पतालमा भर्ना गरिए उनी । अस्पतालमा कोमामा रहेका पारसको मृत्यु भइसकेको हल्ला व्याप्त थियो । ज्ञानेन्द्र भने पूर्वी तराईको धार्मिक९राजनीतिक भ्रमणका लागि २६ माघदेखि नै बाराको सिमरामा अड्डा जमाएर बसेका थिए । छोरालाई अचेत अवस्थामै अस्पताल भर्ना गरिएको र कोमामा रहेको जानकारी तत्काल पाए पनि ज्ञानेन्द्रले तराई भ्रमण रोक्नु न आवश्यक सम्झे, न त बैंकक जानु जरुरी नै ठाने । घटना भएको पाँच दिनपछि १३ फागुनमा मात्र उनले सिमरा छाडे । पारस अचेत भएको एक सातापछि १६ फागुनमा मात्र उनी छोरा भेट्न बैंकक गए, त्यो पनि सार्वजनिक टिप्पणी हुन थालेपछि मात्र । त्यस बेला पनि बाबुछोराबीच सम्बन्ध यति धेरै बिग्रिसकेको थियो कि, हृदयाघात हुनुभन्दा चार-पाँच महिनाअघिदेखि उनीहरूबीच फोन सम्पर्कसमेत थिएन । यसको कारण थियो, बैंककमा पारस बस्दै आएको फ्ल्याटमा भएको तोडफोडको घटना । पारस एक वर्षदेखि बस्दै आएको फ्ल्याटका झ्यालढोकामा तोडफोड भएपछि पारसले क्षतिपूर्तिबापत झन्डै ३५ लाख रुपियाँ तिर्नुपर्ने भयो । यो खर्च तिर्नु त परै जाओस्, हातमुख जोर्नसमेत निर्मल निवासबाट पारसलाई खर्च पठाउन छाडिएको थियो ।
                                                                  हिमानी तनावमा                                                                         
त्यसअघि ७ कात्तिकमा पारस थाइल्यान्डको पर्यटकीय नगरी फुकेटमा लागूऔषधसहित पक्राउ परेपछि लज्जा महसुस गरेका
पूर्वराजाले छोरालाई खर्च पठाउन रोकिदिएका थिए । फुकेटमै व्यवसाय गरी बसेका गैरआवासीय नेपाली संघ ९एनआरएनए थाइल्यान्डका पूर्वसचिव मिलन घिमिरेका अनुसार क्षतिपूर्तिबापत तिर्नुपर्ने रकम निर्मल निवासबाट प्राप्त नहुने देखिएपछि बैंककमा रहेका पारसका शुभेच्छुकहरूले सुरुआती रकम जुटाइदिएका थिए । बाँकी रकम बहिनीहरू प्रेरणा तथा स्वर्गीय धीरेन्द्र शाहका छोरीहरू पूजा, शीताष्मा र दिलाशाहरूले दिएपछि मात्र पारस उम्कन सके । थाइल्यान्डमा समेत एकपछि अर्को गर्दै पारसबारे आउने नकारात्मक समाचारका कारण क्रुद्ध पूर्वराजा ज्ञानेन्द्रले फुकेटमा उनी लागूऔषधसहित पक्राउ परेको घटनापछि त्यहाँ खान बस्न आवश्यक पर्ने खर्च पठाउनै छाडिदिएका थिए । राजनीतिक मतभिन्नता दुईबीचको खटपटको अर्को कारण हो । जस्तो ज्ञानेन्द्र फेरि राजतन्त्र फर्काउने प्रयत्नमा छन् । यही प्रयोजनका लागि उनी धार्मिक आवरणमा देश दौडाहा पनि गररिहेका छन् ।
यसका लागि उनले बुहारी हिमानीलाई पनि प्रयोग गररिहेका छन् । सुदूरपश्चिममा आएको बाढीपहिरोपीडितहरूलाई राहत बाँड्न हिमानीका नाममा खोलिएको ट्रस्टलाई प्रयोग गर्नु यसैको प्रमाण हो । तर, राजतन्त्र फर्काउने उद्देश्यले सञ्चालन गरिएका यस्ता अभियानप्रति पारसमा भने रुचि छैन । पछिल्लो समय पारससँग निकट रहेका एनआरएनए थाइल्यान्डका सचिव सुनील खड्का भन्छन्, 'जतन्त्रका विषयमा पारस मौन बस्न रुचाउनुहुन्छ । उहाँको चासो राजतन्त्र वा गणतन्त्रप्रति होइन, देशको विकास र समृद्धिप्रति मात्र छ ।' खासमा पिता ज्ञानेन्द्रको देश दौडाहाले राजतन्त्र र्फकेर आउँछ भन्ने विश्वासमा छैनन् पारस । अर्कोतिर, राजनीतिक दल सम्बन्धमा पारस र पूर्वराजाका बीच पनि निकै ठूलो मतभिन्नता छ ।
राजतन्त्र र्फकने मधुर कल्पनामा रहेका पूर्वराजाले आफूलाई दलीय राजनीतिबाट टाढा राखेका छन्, भलै अदृश्य रूपले कमल थापा नेतृत्वको राप्रपा नेपाललाई सहयोग गररिहेका होऊन् । राजनीतिक दलहरूको खिचातानी उत्कर्षमा रहेका बेलामा पनि उनले कुनै राजनीतिक दल नखोल्नुको कारण यही भएको बताउँछन्, उनलाई नजिकबाट जान्नेहरू । तर, पारस भने दलीय राजनीतिक सन्दर्भमा अलिक फरक मत राख्छन् । पाँच वर्षअघि एक सिंगापुरे पत्रिकामा प्रकाशित अन्तर्वार्ताले उनी दलीय राजनीतिप्रति नकारात्मक छैनन् भन्ने पुष्टि गर्छ । द न्यू पेपरमा १८ चैत ०६५ मा प्रकाशित अन्तर्वार्तामा पारसले भनेका थिए, 'उपयुक्त समयमा म नेपाल र्फकनेछु र युवाहरूका लागि स्पष्ट दृष्टिकोण दिने गरी नयाँ दल खोल्नेछु ।' ज्ञानेन्द्र राजा भएदेखि नै बाबुछोराबीच राजनीतिक मामिलामा फरक दृष्टिकोण देखिन थालेको थियो । छोरा भएका नाताले ज्ञानेन्द्र राजा भएलगत्तै युवराज घोषित हुनुपथ्र्यो भन्ने पारस पक्षधरहरूको तर्क थियो ।

तर, पारसको विवादित र बदनाम छविलाई आधार बनाउँदै पूर्वराजाले तत्काल उनलाई युवराज घोषणा गरेनन् । यहींबाट पारस ञानेन्द्रसंग रिसाए र अहिले त झन् बोलचारको अवस्था सम्म छैन, सिताराम बरालले लेखेका छन् ।

0 comments:

Post a Comment

 
Top