| Welcome |
आधा
दर्जन कलाकारले बर्ष ०७० को दशैं नेपाल बाहिर सेलिब्रेट गर्ने भएका छन् ।
अभिनेता राजेश हमाल देखि पछिल्लो समयकी चर्चित अभिनेत्री प्रियंका कार्की
सम्मको दशैं विदेशी भुमिमा हुनेछ । कतारको दोहामा हुने दशैं विशेष
कार्यक्रममा राजेश र प्रियंकासँगै अभिनेत्री सुमिना घिमिरे पनि सहभागी
हुनेछिन् । उनीहरु टिकाको अघिल्लो दिन त्यहाँ पुग्नेछन् ।
त्यस्तै हाँस्य अभिनेता सिताराम कट्टेल पनि दशैंमा नेपाल हुने छैनन् । उनी
पत्नी कुञ्जना घिमिरेको साथमा फुलपाती भन्दा दुई दिन अगाडी सिङ्गापुर
उड्नेछन् । पूर्व मिस नेपाल तथा मोडल माल्भिका सुब्बाले होस्ट गर्ने उक्त
कार्यक्रमलाई सिङ्गापुर पुलिसले आयोजना लागेको हो ।
सितारामको टोली नवमीको दिन नेपाल फर्कनेछ । नृत्य निर्देशक तथा कलाकार शंकर
विसी भने टिका सकेर साँस्कृतिक कार्यक्रम लिएर हङकङ उड्दैछन् । उनी तिहार
सम्म नै हङकङ रहनेछन् । दिपाश्री निर्रौला, दिपकराज गिरी र निर्मल शर्मा
(गैंडा)को टोलीले भने युकेमा हुने दशैं कार्यक्रमलाई तिहारमा सारेको छ ।
दशैंमा समय व्यवस्थापन गर्न कठिन हुने भन्दै कार्यक्रमलाई तिहारमा
पुर्याइएको दिपाले जानकारी गराइन् ।
नचाहेरै भएपनि अभिनेता जीवन लुईटेलको यसपालीको दशैं थाईल्याण्मा नै हुने
सम्भावना देखिएको छ । क्यामेरामा समस्या आएपछि तोकिएको समयमा सुटिङ हुन
नसकेपछि दशैंको बेलामा पनि फिल्म 'स्टुपिड मन'को सुटिङ हुने सम्भावना
देखिएकाले जीवनसँगै अभिनेता निरज बराल सहितको जम्बो टिमले दशैं
थाईल्याण्डमा नै मनाउनु पर्ने देखिन्छ ।
स्टुपिड मनको सुटिङ सकिए लगत्तै जीवन नेपाल फर्केर विकास आचार्यको फिल्ममा
ज्वाईन हुनेछन् । यी सँगै अन्य कलाकारहरु दशैं कार्यक्रम लिएर विदशे उड्ने
तयारीमा रहेको बुझिन्छ । दशैं, तिहार जस्ता पर्व कलाकारलाई आम्दानी गर्ने
उचित अवसरको रुपमा मानिन्छ

0 comments:
Post a Comment