Welcome
जिल्ला शिक्षा कार्यालयले जिल्लाका सबै ९३ वटा माध्यामिक बिद्यालयमा इन्टरनेट जोड्ने भएको छ ।  नेपाल टेलिकमसँगको समन्वयमा ९ महिनाभित्र सबै माध्यमिक विद्यालयमा इन्टरनेट पुर्‍याउने तयारी गरेको कार्यालयले जनाएको छ ।
‘हामीले १४ वटा माध्यामिक विद्यालहरुमा १ लाख ४० हजारका दरले रकम बितरण गरी कम्प्युटर सहित इन्टरनेट सुविधा दिइसकेका छौं’ जिल्ला शिक्षा अधिकारी दीपक शर्मा वाग्लेले भन्नुभयो ‘समय अनुसारको शिक्षा दिन विद्यालउमा इन्टरनेट अपरिहार्य भइसकेको छ ।’
बिद्युत पुगेका ठाउँका विद्यालयमा इन्टरनेट सेवा तत्काल पुर्‍याउन सकिएपनि विद्युत नपुगेका ठाउँमा भने बैकल्पिक श्रोत हेरेर इन्टरनेटका लागि सहयोग गर्ने जिल्ला जिशिअ वाग्लेले बताउनुभयो ।
जिल्लाको एकमात्र छात्रा बिद्यालय पशुपति कन्या मन्दिर माध्यामिक बिद्यालयले इन्टरनेट प्रयोग गरेर पढाउन थालिसकेको छ । ‘जिल्लाका दुरदराजका विद्यालले इन्टरनेट सेवाको उपयोग गरी अध्ययन अध्यापन गराउन पाउन् भन्ने चाहना हो’ जिशिअ वाग्लेले भन्नुभयो । जिल्लाका विद्यालयमा इन्टरनेट जोड्न ७५ करोड रुपैयाँ बजेट आएको शिक्षा कार्यालयले जनाएको छ ।

0 comments:

Post a Comment

 
Top