| Welcome |
७ अशोज, नवलपरासीको प्रगतिनगरमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । भैरहवाबाट काठमाण्डु जाँदै गरेको लु १ ख ७३६४ नम्बरको यात्रुबाहक बसले दिउँसो करिब सवा ३ बजेतिर दलदले बजारमा ना १९ प ८३०४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परि मोटरसाईकलमा सवार तीनजनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कावासोतिका प्रहरी निरीक्षक मोहन अधिकारीले जानकारी दिनुभयो ।
मृत्यु भएकामध्ये प्रगतिनगर ६ पृथ्बिनगरका करिब ५५ वर्षका रामप्रसाद भुषाल, निजकी छोरी रजहर बस्ने २६ बर्षीय लक्ष्मी तिवारी र भुषालका नाती २ बर्षीय युगल तिवारी रहेको ईलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । ना ४ ख ७८२१ नम्बरको बसलाई उछिन्न खोज्दा दुर्घटना भएको प्रहरीको भनाइ छ । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भुषालको घरमा श्राद्ध सकेर छोरी र नातिलाई रजहर घरमा पु¥याउन जाने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

0 comments:
Post a Comment