Welcome
बलिउडका निर्देशक संजयलिला भन्साली, अभिनेता रणविर सिंह र अभिनेत्री दिपिका पादुकोण विरुद्ध हालै भारतिय अदालतले प्रहरीलाई मुद्धा रजिष्टार गर्ने आदेश दिएको छ । आगामी चलचित्र ‘रामलिला’ उनीहरुले धार्मिक भावलाई असर पर्ने गरी बनाएको भन्दै यस्तो आदेश दिइएको भारतिय संचारमाध्यम डिएनएमा समाचार छ ।
उक्त उजुरी अधिवक्ता पवन शर्माद्धारा एडिशनल चिफ मेट्रोपोलिटन मेचिस्ट्रेटमा फाइल गरिएको थियो । ‘ उजुरी चलचित्रको प्रोमोलाई आधार मानेर गरिएको छ ’, शर्माले भने , ‘चलचित्रले धर्मको मैदानमा विभिन्न समुदायविच शत्रुतालाई प्रोत्साहन गरिएको उजुरीमा उल्लेख छ । ’
शर्माका अनुसार अदालतले श्यामनगर प्रहरीलाई उक्त उजुरीको एफआइआर दर्ता गर्न आदेश दिएको थियो । उजुरीको विषयमा अनुसन्धान गर्न पनि प्रहरीलाई आदेश दिइएको उनले जानकारी दिए । चलचित्र ‘रामलिला’ नोभेम्भर १५ मा रिलिज हुने तयारीमा छ ।

0 comments:

Post a Comment

 
Top