Welcome |
चलचित्र ‘उर्वशी’को निर्माण यूनिटले पहिलो प्रोमो सार्वजनिक सँगै प्रचार अभियानलाई श्रीगणेश गरेको छ । मंसिर ४ को संविधान सभाको चुनावका कारण यतिबेला नेपाली सिनेमाका निर्माताहरु चलचित्रको छायांकन र प्रदर्शनबाट नै केही पछि हटेको देखिन्छ । यो चलचित्र भने मंसिर १४ गते प्रदर्शनमा आउने तयारीका साथ प्रचार मैदानमा उत्रिएको हो ।मनिष पन्थको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई खगेश्वर पुनले निर्माण गरेका हुन् । यो चलचित्रमा नीता ढुंगाना शिर्ष भूमिकामा छिन् । उनको साथमा नायिका अरुणिमा लम्साल, नायक किशोर खतिवडा, नव कलाकार किशोर श्रेष्ठ, मुकेश आचार्य, प्रदिप ढकाललाई पनि चलचित्रमा दमदार रुपमा देखिएका छन् । चलचित्रको पहिलो प्रोमोमा निर्माणपक्षले द्वन्द्वलाई प्राथमिकता दिएको छ ।
हिमगिरी फिल्मस्को ब्यानरमा तयार भएको यो चलचित्रमा विरेन्द्र अग्रहरी, विकास चौधरी र अर्जुन कौशलको संगीत, सानुकुमार महर्जनको द्वन्द्व, बब्लु थापाको नृत्य, दिव्यराज सुवेदीको छायांकन समावेश छ । चलचित्रको छायांकन बुटवल, पाल्पा, त्रिवेणी, लुम्बिनी लगायतका क्षेत्रमा गरिएको छ ।
0 comments:
Post a Comment