Welcome
राप्रपा नेपालले काठमाण्डौ क्षेत्र नम्बर ४ बाट टिकट दिएपछि चलचित्रकर्मी उद्धव पौडेल यतिबेला घरदैलो अभियानमा छन् । उनी आफ्नो क्षेत्रका जनताको घर घरमा पुग्दै भोट माग्नमा व्यस्त छन् ।रमाइलो कुरा त के पनि छ भने उनको साथमा यतिबेला नेपाली सिनेमाका कलाकर्मीहरु पनि पुग्ने गरेका छन् । चलचित्रकर्मी भएकै नाताले उद्धवको लागि भोट मागेको तर्क कलाकारहरुको छ ।
उद्धव पौडेलका लागि भोट माग्न नायक आयुष रिजाल, कलाकार कृष्ण मल्ल, शर्मिला मल्ल , किरण केसी, सुनिलदत्त पाण्डे, निर्मल शर्मा, रमेश बुढाथोकी, मुकेश आचार्य घरदैलोमा पुगेका थिए । यति मात्र होइन उनलाई नायिकाहरु गरिमा पन्त, नीता ढुंगाना, सुमिना घिमिरेले पनि साथ दिएका छन् । कलाकारहरुले माइकिङ गर्दै पौडेललाई भोट दिन आग्रह गरेका थिए ।
चलचित्रकर्मीले जितेको खण्डमा संविधानमा चलचित्र क्षेत्रलाई परिभाषित गरिने आशा चलचित्रकर्मीको छ । यसैले पनि उनीहरुले उद्धवलाई साथ दिइरहेका छन् । आफ्नो ४० बर्षको चलचित्र यात्रालाई विश्राम लगाउदै पौडेल चुनावमा होमिएका हुन् ।

0 comments:

Post a Comment

 
Top