March 13, 2025 Menu

Welcome
क्यान्सर रोग लागेर अन्तिम अवस्थामा उपचार गरिरहेका डा. चित्रप्रसाद वाग्लेको उपचारमा सहयोग पुर्‍याउन फिल्म 'झोले'को च्यारिटी गरिएको छ । बुधबार साँझ राजधानीको जय नेपाल हलमा गरिएको च्यारिटीबाट उठेको रकम वाग्लेको परिवारलाई हस्तान्तरण गरियो ।

अभिनेता राजेश हमालले रू २ लाख ५१ हजारको चेक हस्तान्तरण गरे । चेक हस्तान्तरण गर्दै अभिनेता हमालले भने- 'सरकारले वेवास्ता गरिएको अवस्थामा फिल्म निर्माणले गरेको यो सहयोग अतुलनिय रहनेछ । साँच्चिकै नेपाली फिल्मकर्मीको मन ठूलो छ ।' खासै पूरै समय हलमा विताउन नचाहने अभिनेता हमालले भने 'झोले' फिल्म पूरै समय हेरे । उनले फिल्म एकदमै राम्रो बनेको प्रतिक्रिया दिए ।


थिर कुमारी स्मृति समाजको पहलमा फिल्मको च्यारिटी आयोजना गरिएको हो । 'डाक्टरको अवस्थाले हाम्रो मन छोयो अनि सहयोग गर्ने निर्णय गर्‍यौं,' निर्देशक दिपेन्द्र के. खनालले भने- 'यो हाम्रो सानो सहयोगले पनि उहाँलाई केहि राहत मिल्ने विश्वास लिएका छौं ।' ग्रान्डी इन्टरनेसनल हस्पिटलको आईसीयूमा भर्ना रहेका डा. वाग्लेको स्वास्थ्य स्थिति चिन्ताजनक छ ।

हलमा खचाखच भरिएका दर्शकले झोले हेरेर पूर्ण मनोरञ्जन लिएको देखिन्थ्यो । डार्क कमेडी 'झोले'लाई सबै दर्शकले रूचाएको पाईयो । च्यारिटी आयोजक संस्थाले फिल्म दिएर सहयोग पुर्‍याएवापत निर्माण युनिटलाई मायाको चिनो हस्तान्तरण गरेको थियो । च्यारिटीमा निर्माता टेकेन खड्का, निर्देशक खनाल, अभिनेता दयाहाङ राई, अभिनेत्री प्रियंका कार्की तथा लेखक शान बस्न्यातको उपस्थिती थियो ।


रिलिज डेट टुंगो लागि नसकेको 'झोले'मा प्रियंका र दयाहाङको मुख्य भुमिका छ । पुरूषोत्तम प्रधानले खिचेको यो फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । फिल्मले वर्तमान राजनैतीक अवस्थालाई व्यङ्ग्य गरेको छ ।
24 Oct 2013

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top