April 22, 2025 Menu

Welcome
कार्यक्रम संचालक नरेश भट्टराइले सुष्मा कार्कीलाई अहिलेकी हट केक नायिका भनेर बोलाउदा उनले स्विकार गरिनन् । उनले आफू हट नायिका नभएको स्पष्ट पार्दै चलचित्र ‘विन्दास २’ मा आफ्नो भूमिका फरक भएको बताइन् ।चलचित्रको एक दृश्यमा नायक जीवन लुइटेललाई ‘सिरानी च्यापेर सुत’ भन्ने संवाद बोलेकी सुष्मा आखिर किन आफूलाई हट नायिकाको ट्यागबाट टाढा पार्दै छिन् त्यो उनले नै जान्ने कुरा हो । हट सिनेमा खेल्दा चर्चा भन्दा पनि आलोचना बढि भएपछि सुष्माले यस्तो सोचेको हुनुपर्छ । उसो त उनले अब आफूले सेक्स बिषयका सिनेमा नखेल्ने बताउँदै आएकी पनि छिन् ।
राजु गिरीको निर्देशनमा कात्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रको अडियो बिमोचन आज गरिएको हो । मधुकुमार श्रेष्ठको निर्माणमा तयार भएको यो चलचित्रमा जीवन लुइटेल, सुष्मा कार्की, सुशान्त कार्की, अनिशा गुरुङको साथमा निर्माता श्रेष्ठको पनि अभिनय छ ।
अडियो बिमोचन भएकाले संगीतकार अर्जुन पोखरेल केही हावी देखिएका थिए । उनले चलचित्रमा समावेश ‘सुन्छु तिमीले मलाई बोल’को गीत गाएर सुनाएका थिए । गायक प्रल्हाद तिमिल्सिनाले पनि चलचित्रमा समावेश एक गीत सुनाएका थिए ।
चलचित्रको भावूक गीत अहिले सीआरबीटीमा नम्बर १ स्थानमा छ । यूवापुस्तामा देखिने लागूपदार्थ दुव्र्यसनिको कथालाई सिनेमाले उठान गरेको छ । ‘विन्दास’मा युवापुस्ताको मोजमस्तीलाई देखाउन खोजिएतापनि ‘विन्दास २’ मा भने एक प्रहरीले आफ्नो भूमिका निर्वाहा गर्न खोज्दा भोग्ने समस्यालाई देखाउन खोजिएको निर्माता तथा कलाकार मधुकुमार श्रेष्ठले बताए । तिहारको बिदामा सोलो प्रदर्शनमा आउने भएकाले पनि ‘विन्दास २’ लाई फाइदा पुग्ने देखिन्छ ।susma-karki
bindash-2-album-bimochan

31 Oct 2013

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top