| Welcome |
चितवन क्षेत्र नं ५ का एक उम्मेदवारले आफ्नो पार्टी परित्याग गरी अर्काे पार्टीमा प्रवेश गरेको घोषणा गरेका छन्।
नेपाल राष्ट्रिय विकास पार्टीबाट क्षेत्र नं ५ मा उम्मेदवारी दिएका
तेजकुमार श्रेष्ठ (राजु) ले पार्टीप्रति चित्त नबुझेको भन्दै आजैदेखि
पार्टी छाडेको घोषणा गरेका हुन्। उनले आफू राप्रपामा प्रवेश गरेकोसमेत
बताए।
अब आफूले राप्रपाका ५ नं क्षेत्रका उम्मेदवार तथा केन्द्रीय महामन्त्री विक्रम पाण्डेलाई सहयोग गर्ने बताए।
<>
नेपाल राष्ट्रिय विकास पार्टीले आफ्नो स्वार्थ पूर्तिका लागि काम गरेको
उनले आरोप लगाए। जिल्लामा अहिलेसम्म कुल ११५ जनाले उम्मेदवारी दिएका छन्।
जसमा ११ जनाको स्वतन्त्रतर्फबाट उम्मेदवारी परेको छ

0 comments:
Post a Comment