Welcome
नायक आर्यन सिग्देल बैशाखमा प्रेमिका सपना भण्डारीसँग बिहे गर्ने तयारीमा छन् । उनले हालै मात्र सपनासँग इन्गेजमेन्ट गरेका छन् । बास्तविक जीवनमा सपनासँग हनिमुन मनाउने तयारीमा रहेका आर्यन चलचित्रको पर्दामा भने नव कलाकार पुजा शर्मासँग रंगिने छन् ।
कात्तिक ८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मधुमास’ यूनिटले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माता बाबुराम दाहालले यो रहस्य खोलेका हुन् । पूर्णतया प्रेमकथामा आधारित यो चलचित्रले एक दम्पत्तीको कथालाई देखाउन खोजेको छ । सुदर्शन थापाको निर्देशनमा तयार भएको ‘मधुमास’मा आर्यन सिग्देल, पूजा शर्मा, मनोज आरसी, सिवांगिनी राणा लगायतका कलाकारले अभिनय गरेका छन् ।madhumas-unitअधिकांश कार्यक्रममा पुग्दा पूजा र आर्यन सधै जिस्कने गरेको देखिन्छ । ‘मधुमास’को प्रेसमिटमा पनि यो जोडीको जिस्काई स्पष्ट देखिएको थियो । कार्यक्रम संचालक नरेश भट्टराइले आर्यन र पूजाको निकटता देखेर कार्यक्रममा मुख नै खोलेका थिए । पूजाले आर्यनलाई दाई भनेर संबोधन गर्दै काम गर्दा निक्कै सहयोग गरेको बताउन पछि परिनन् ।aaryan-and-puja-laughing
puja-and-aaryan-chitingचलचित्रमा समावेश ‘पैसा भगवान होइन तर भगवान भन्दा कम छैन’ भन्ने संवाद अहिले चर्चामा छ । निर्देशक सुदर्शन थापाले ‘दर्शक भगवान त होइनन् तर भगवान भन्दा कम छैनन्’ भन्दै सिनेमा हेर्ने तयारीमा रहेका दर्शकलाई फुर्काएका थिए ।
कार्यक्रममा बोल्दै नायक सिग्देलले सिनेमा निर्माणको समयमा निक्कै दुख गरेको तर्क गरेका थिए ।

0 comments:

Post a Comment

 
Top