Welcome |
नायक आर्यन सिग्देलले अभिनय गरेको चलचित्र ‘मधुमास’ आजबाट देशभरका हलमा प्रदर्शनमा आएको छ । सुदर्शन थापा निर्देशित यो चलचित्रमा आर्यनका अलवा पूजा शर्मा, सिवांगिनी राणा, मनोज आरसी लगायतका कलाकारले अभिनय गरेका छन् ।नायक आर्यन सिग्देलका सिनेमाहरु विगत २ बर्ष यता सफल छैनन् । यो बर्षमात्र आर्यन अभिनित ‘दबाब’, ‘महशुश’ले हावा खाइसकेका छन् । यसैले पनि ‘मधुमास’ आर्यनका लागि आशा बोकेर आएको छ । बाबुराम दाहाल र सुदर्शन थापाले निर्माण गरेको यो चलचित्रले हनिमुनको कथालाई बोकेको छ ।
यस्तै आजैबाट चलचित्र ‘वार’ पनि प्रदर्शनमा आएको छ । चलचित्रमा नीता ढुंगाना, कृष्ण भट्ट, बालकृष्ण प्रसाई लगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्रले सस्पेन्स र द्वन्द्वलाई महत्व दिएको छ । नायिका नीता ढुंगानाको करिअरमा चलचित्र ‘नोटबुक’को चर्चा भन्दा अरुले खासै सफलता दिलाएको छैन । यही बर्ष मात्र उनले अभिनय गरेको चलचित्र ‘दबाब’ले असफल व्यापार गरेको थियो । यसैले पनि दर्शकले नीताको नाडी ‘वार’बाट राम्रैसँग छाम्ने छन् ।
0 comments:
Post a Comment