Welcome |
बलिउड हट गर्ल मल्लिका शेरावतले आफ्नो जन्मदिन मनाएकी छिन् । उनले आफ्नो उमेर २८ बर्षको भएको बताउँदै आएकी छिन् । तर मल्लिका को जन्म सन् १९७६ अक्टोबर मा भएको बताइन्छ । उनी भारतको हरियाणाबाट मुम्बई छिरेकी हुन् ।बलिउडमा आफ्नो प्रवेश हट गर्लको रुपमा गरेकी मल्लिकाले एक छोरा पनि रहेको भारतिय संचारमाध्यमहरुले लेखेका छन् । तर उनले आफ्नो बिहे नै नभएको बताउदै आएकी छिन् । उनको विवाह पाइलट करण गीलको साथमा भएको थियो । तर यो जोडीको वैवाहिक जीवन खासै लामो समयसम्म चल्न सकेन । करणलाई छोडेर मल्लिका मुम्बई फिल्म नगरीमा आएकी थिइन् ।
चलचित्र ‘मर्डर’ र ‘ख्वाइस’मा मल्लिकाले दिएको दृश्यले जो कोहीलाई पनि जिब्रो टोक्न वाध्य बनाउछ ।
0 comments:
Post a Comment