Welcome |
११ कात्तिक ,काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ का कांग्रेसका उम्मेदवार नरहरि आचार्यले चुनावी प्रचारमा प्रयोग गरेको गाडीमा आगजनी भएको छ । धापासी गाविस-६ कृष्ण मन्दिर नजिकै सडकमा गाडी राखेर उम्मेदवार आचार्य मतदातासँग भोट माग्न घरदैलोमा हिडेंको समयमा आगजनी भएको हो ।
मोटरसाईकलमा आएका तीन जना व्यक्तिले विहान ९ बजे पेट्रोल छर्केर आचार्यको बा ६ च ४१९ नम्बरको गाडीमा आगो लगाएर भागेको नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ५ ले जनाएको छ । आगजनीबाट गाडीमा राखिएका प्रचार प्रसार सामाग्री जल्नुका साथै गाडी पूर्णरुपले क्षत्रिग्रस्त भएको छ । नेपाली कांग्रेस प्रचार प्रसार समितिले घटनाको भत्र्सना गर्दै दोषीमाथी कारवाहीको माग गरेको छ ।
सडकमा राखेको गाडीमा मोटरसाइकलमा आएका व्यक्तिले आगो लगाएर भागेका थिए । उम्मेदवार आचार्यको गाडीमा आगो लगाउने समूहको पहिचान हुन सकेको छैन । आज बिहानै प्रहरी र सेनाको उच्च निगरानीमा रहेको नारायणहिटी उत्तर ढोका अगाडि एमाले नेता राजेन्द्र पाण्डेको गाडीमा पनि आगजनी भएको छ ।
नारायणहिटी अगाडि पार्क गरी राखेको नेता पाण्डेको गाडीमा आगो लगाएछि ‘नेकपा एमाले मुर्दावाद नेकपा-माओवादी जिन्दावाद’ भन्दै आगो लगाउने व्यक्तिहरू भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
सेना र प्रहरी २४ घण्टा सुरक्षामा खटिने स्थानमै गाडीमा आगनजी भएपिछ चुनावी सुरक्षा रणनीतिमा समेत गम्भीर प्रश्न उठेको सुरक्षाविदहरूको भनाइ छ । महानगरीय प्रहरी प्रभागले आगो तत्काल निभाउन सकिएकाले ठूलो क्षति नभएको जनाएको छ ।
सुशील कोइरालको गाडी पनि जलाइयो
चुनावी प्रचारमा बाँकेमा रहेका नेपाली कांग्रसेका सभापति सुशील कोइरालको गाडीमा पनि अज्ञात समूहले आगो लगाएको छ ।नेपालगञ्जस्थित पार्टी कार्यालय अगाडि राखिएको कोइरालाको गाडीमा अज्ञात समूहले विहान आगो लगाएर भागेका थिए ।
गाडीमा लगाएको आगो स्थानीयबासीले तत्कालै निभाउन सकेकाले धेरै क्षति नभएको नेपाली कांग्रेसले जनाएको छ ।
0 comments:
Post a Comment