Welcome |
कलाकारको हातमा परेपछि माटोको थुप्रो पनि सुन्दर मूर्तिदेखि आर्कषक भाँडावर्तनमा बदलिन्छन् । हामीले दैनिक जीवनमा तरकारी खान प्रयोग गर्ने फर्सीमा पनि कलाकारले आफ्नो कला देखाएका छन् ।
पछिल्ला दिनमा फर्सीमा कोरिएका कलाहरु नआएका पनि होइनन् । तर, रे भिल्लाफन र उनको टोलीले फर्सीमा अनुहारहरु जति आर्कषक छ, त्यति नै डरलाग्दो पनि छ । कलाकर्मीहरुको यो समूहले चक्कु र चम्चाको सहायताले फर्सीमा डरलाग्दा आकृतिहरु बनाउँछन् । भिल्लाफनका अनुसार एउटा फर्सीमा आकृति निकाल्न झण्डै २ घण्टा लाग्छ ।
टीभी सो मार्फत् यस्ता आकृतिहरु बनाएर भिल्लाफन अमेरिकामा त सेलिबि्रटी नै भइसकेका छन् । मिसिगनको स्थानीय स्कूलमा कला शिक्षकका रुपमा काम गरिरहेका भिल्लाफनले सुरुमा स्कूलमै फर्सी कलाको अभ्यास गरेका थिए ।
स्कूले बिद्यार्थीको वाहवाहीबाट हौसिएका उनले अहिले ब्यबसायिकरुपमै फर्सी कला अपनाउन थालेका छन् । यो टीममा अहिले अन्य ठाउँमाबाट पनि कलाकर्मीहरु जोडिइरहेका छन् ।
हेरौं केही डलरलाग्दा र रहरलाग्दा फर्सीकला-
0 comments:
Post a Comment