Welcome
विश्वमा एक जना व्यक्तिले आँखाबाट दुध फ्याँकेर विश्व किर्तिमान बनाएको समाचार त हामीले सुनेकै हौँ । तर अर्जेन्टिनाका एक जना युवकले भने आँखाबाट रङ फ्याँकेर क्यानभासमा चित्र तयार पारी सबैलाई अचम्मित बनाइदिएका छन् ।
२७ वर्षका लियन्ड्रो ग्रानाटोले डेढ पिन्ट रङ आँखाबाट फ्याँकेर क्यानभासमा अमूर्त चित्र बनाए । नाकबाट सनक्क रङ घोलिएको पानी तानेर उनले आँखाबाट तुर्को फ्याले । उनले यसरी एउटा चित्र बनाउन १० मिनेटदेखि महिनौ सम्म लगाएका छन् र एउटा चित्रको अढाइ लाख रुपैयाँ सम्म कमाउने गरेका छन् ।
नाकबाट पानी तानेर आँखाबाट फ्याँक्ने काम उनले सानैदेखि नै गर्थे । आफ्नो त्यो विचित्र क्षमतालाई उनले अन्ततः कलाकारितामा ढाले र विश्वचर्चित बन्दै गएका छन् । आफु बच्चै छँदा नै नाक र आँखाबीच विशेष सम्बन्ध रहेको कुरा आफुले थाहा पाएको र त्यसपछि आफुले आँखाबाट हावा र पानी फ्याँक्ने प्रयास गरी सफल पनि भएको उनको अनुभव छ । उनले त्यसपछि आफ्नो त्यो क्षमतालाई आफ्नो परिवारको जिविकोपार्जनका लागि उपयोग गर्ने निधो गरे ।
3
उनले आँखामा क्षति नपुग्ने गरी चित्र बनाउने २ वर्षसम्म विशेष तालिम पनि लिए । आफु यसरी आँखाले चित्र कोर्ने विश्वको पहिलो व्यक्ति भएको उनको दाबी छ । आफ्नी हजुरआमा क्यान्सरले मरेपछि उनले आँखाले चित्र बनाउन सुरु गरेका रहेछन् ।
4
भिडियो हेर्नुस्, उनले कसरी आँखाले चित्र बनाउँछन्

0 comments:

Post a Comment

 
Top