Welcome |
असोज २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘काली’ र ‘दामिनी’को टकराव अब चलचित्र बिकास बोर्डसम्म पुगेको छ । काठमाण्डौको विश्वज्योती लगायत केही मुख्य स्टेशनमा चल्न लागेको ‘दामिनी’सँगको ‘काली’लाई लिएर भैरहेको टकराब अब चलचित्र विकास बोर्डका अध्यक्ष सम्म पुगेको छ ।चलचित्र विकास बोर्डका अध्यक्ष धमेन्द्र मरबैता ‘पप्पु’ले ‘दामिनी’का काठमाण्डौ वितरक सुनिल मानन्धरलाई फोन गरी ‘काली’ नचलाए ‘दामिनी’ चल्न नदिने चेतावनी दिएका छन् । रेखा थापाले निर्माण गरेको ‘काली’ प्रति बोर्ड अध्यक्षको माया हुनु स्वभाविक नै हो । किनकी पप्पु बोर्ड अध्यक्ष बनेसँगै रेखासँग निकट मानिन्छन् ।
पप्पुले विश्वज्योतीमा ‘काली’ लगाउन दिनोस् भनेको तर आफूले संझौता भैसकेकाले कुनै पनि हातलमा ‘दामिनी’ चल्ने बताएपछि पप्पुले सिनेमा नै रोकिदिने बताएको जानकारी वितरक सुनिल मानन्धरले अनलाइनखबरलाई दिएका छन् ।
सुनिलले विश्वज्योतीमा दामिनी नै चल्ने बताएका थिए । सुनिलले भने, ‘दामिनी’लाई कमजोर सिनेमाको संज्ञा दिनेहरु आखिर किन यसरी डराएका छन् मैले वुझ्न सकेको छैन ।’ चलचित्र ‘दामिनी’मा नायक विराज भट्टसँगै रेखा थापाको पनि अभिनय छ । यस्तै ‘काली’मा नायिका रेखा थापा मुख्य भूमिकामा देखिएकी छिन् ।
‘काली’ र ‘दामिनी’ चल्न एक साता पनि बाँकी नरहेको अवस्थामा एक अर्का विरुद्धको यो खेला झनै फोहोरी बन्दै गएको छ ।