Welcome |
उसो त नायिका स्वेता भट्टराई सिनेमा नखेल्ने बताउँछिन् । तर अफर आयो भने कसले पो छोड्छ र भन्ने भनाई उनमा पनि लागू भएको छ । ‘सिनेमा खेल्दिन भनेर बसेको थिए तर अफर आएपछि खेलियो’, शनिबार आयोजना गरिएको चलचित्र ‘भाकल’को मुहुर्तमा उनले आफ्नै पोल खोलिन् ।नेपाली सिनेमाका अधिकांश नायिकाहरु हातमा चलचित्र भएन भने नगरेको भन्न पछि पर्दैनन् । सायद स्वेताका लागि पनि यही कुरा लागू भएको हुनसक्छ । स्वेताले खादै बस्दै गरेकाले आफू मोटाएको समेत खुलाइन् । मुहुर्तमा आएका केही पत्रकारहरुलाई त उनले मोटाउनका लागि टिप्स पनि दिन पछि परिनन् ।
नायिका भट्टराई ५ किलो मोटाएपछि उनको शरीर बिगि्रएको आलोचना पनि भएको थियो । चलचित्र ‘भाकल’को छायांकन दशै पछि सुरु हुने भएकाले पनि यि नायिकालाई तौल घटाउनु पर्ने वाध्यता छ । तर खुशी हुने र खाइरहने नायिकाको बानीले निर्माणपक्षले चाहेजस्तो फिट शरीर कसरी पाउँला त्यो भने हेर्न बाँकी नै छ ।
0 comments:
Post a Comment