Welcome
उसो त नायिका गरिमा पन्त सोझी कलाकारको रुपमा परिचित छिन् । चलचित्रको पर्दामा होस् या पर्दा बाहिर गरिमा निक्कै साधारण छिन् । चलचित्रको पर्दामा अंगप्रदर्शन गरेर चलिन्छ भन्ने कुरा गरिमा मान्दिनन् ।garima-pantaतर अनलाइनखबरसँग कुरा गर्दै पन्तले हिट नायिकाले अंगप्रदर्शन गर्नुलाई नकारात्मक रुपमा सोच्न नहुने बताएकी छिन् । सिनेमामा हिट हुन अंगप्रदर्शन नै गर्नुपर्छ त भन्ने प्रश्नमा गरिमाले भनिन्, ‘सामाजिक मर्यादालाई उल्लंघन नगरी अंगप्रदर्शन गर्नुलाई नराम्रो भन्न हुदैन ।’
उनले समय र अवस्था हेरेर कत्तिसम्म अंग देखाउने भन्ने कुरा कलाकारमा नै भर पर्ने बताइन् । गरिमाका अनुसार उनको आजसम्म प्रेमि छैनन् । ‘खै कुनै युवकमा आखा नै गएको छैन’, पन्तले भनिन् । गरिमाले बिहेलाई सजाँयको रुपमा वुझेकी छिन् । यसैले पनि उनी सजाँय नै भोग्नु पर्ने भए किन चाडो हामफाल्नु भन्छिन् ।

0 comments:

Post a Comment

 
Top