Welcome |
बाराको परवानीपुरमा अज्ञात समूहले नेकपा एमालेका नेता तथा संविधानसाभाका उम्मेद्वार मोहमुद आलममाथि गोली प्रहार गरेको छ । आलमलाई उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएकोमा त्यहाँ उपचार हुन नसकेपछि सेनाको हेलिकोप्टरमा काठमाडौं ल्याइएको छ ।
आलमलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंको शिक्षण अस्पताल ल्याइएको छ । परवानीपुर अस्पताल अगाडि आफ्नै गाडीमा रहेका बेला भारतीय नम्बर प्लेटको मोटरसाइलमा आएका व्यक्तिले उहाँलाई नजिकैबाट कञ्चटमा गोली हानेको र उहाँको अवस्था अचेत रहेको बताइएको छ । उहाँलाई बाराबाट चिकित्सकलाई समेत हेलिकोप्टरमै राखेर काठमाडौ ल्याइएको छ ।
घटनापछि बाराको परवानीपुरवासीहरु स्तब्ध एवं त्रसित भएका छन् । उम्मेद्वारी दर्ताको भोलिपल्टै भएको गोलीप्रहारबाट अन्य उम्मेद्वारहरु त्रसित बनेका छन् । शोकमग्न एमाले कार्यकर्ताहरुले उपचारका लागि हेलिकोप्टर झिकाउन ढिलाइ भएको गुनासो गरेका छन् । साथै दोषीलाई पक्राउ गरी कारवाहीको माग गर्दै परवानीपुरमा चक्काजाम गरिएको छ । बाराका प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईले सीमा क्षेत्रमा ‘सील’ गरेर अपराधीहरुको खोजी कार्य तीव्र पारिएको प्रतिक्रिया दिनुभएको छ ।
एमालेका तर्फवाट बारा क्षेत्र नम्बर ४ का उम्मेदवार रहेका आलममाथि शुक्रवार मध्यान्ह परवानीपुरस्थित चवासती मिल अगाडि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । दुईवटा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले आलममाथि गोली प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ । आलमको कञ्चटमा गम्भीर चोट लागेको छ ।
राम्रो छविका नेता
एमाले नेता आलम बारामा राम्रो राजनीतिक व्यक्तिका रुपमा चिनिने एमाओवादीका पूर्वसभासद जयराम दाहालले आनलाइनखबरलाई बताउनुभयो । ‘उहाँ जिल्लामा राम्रो राजनीतिक छवि भएका विवादरहित एमाले नेता नेताका रुपमा हामीवीच परिचित हुनुहन्छ ।’ दाहालले भन्नुभयो ।
अहिल्लो संविधानसभ निर्वाचनमा आलम बारा ४ मा तमलोपामा जितेन्द्र प्रसाद सोनारसँग एमालेका तर्फबाट चुनाव लडेर दोस्रो स्थान प्राप्त गर्नुभएको थियो । सोनारको ९ हजार ६ सय २४ मत आएको थियो भने आलमले ८ हजार ४ सय ५३ मत ल्याउनुभएको थियो । बारा ४ मा कांग्रेसका फरमुल्लाह मन्सुर चौथो स्थानमा हुनुहुन्थ्यो भने एमाले चौथो स्थानमा थियो ।
यसपालिको चुनावमा एमालेबाट आलमले बारा ४ मा टिकट पाएर विहीबारमात्रै उमेद्वारी दर्ता गर्नुभएको छ । तर, उम्मेद्वारीको विषयलाई लिएर जिल्ला पार्टीमा एमालेको अर्को समूह आलमसँग असन्तुष्ट रहेको स्रोत बताउँछ । स्रोतका अनुसार मुस्लिम समुदायका नेता आलम राष्ट्रवादी धारका वाम नेताका रुपमा चिनिनुहुन्छ
0 comments:
Post a Comment