Welcome
एकीकृत नेकपा माओवादीले पाँच दम्पतीलाई संविधानसभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ । बाबुराम भट्टराई गोरखा १ र रुपन्देही ४ बाट उम्मेदवार छन् भने श्रीमती हिसिला यमी काठमाण्डौं ७ बाट उम्मेदवार चयन भएकी छन् । पूर्वी ब्युरो इन्चार्ज वर्षमान पुन मोरङ ९ र श्रीमती ओनसरी घर्तीमगर रोल्पा २ बाट उम्मेदवार भए भने सुदूरपश्चिम ब्युरो इन्चार्ज शक्ति बस्नेत जाजरकोट २ र बस्नेतकी श्रीमती सत्या पहाडी डोल्पाबाट उम्मेदवार छिन् । देबेन्द्र पराजुली लमजुङ २ तथा श्रीमती कल्पना धमला धादिङ २ बाट उम्मेदवार भएका छ्न ।
प्रचण्डको परिवारबाट चार जना
निर्वाचनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारका चार सदस्य उम्मेदवार हुन सफल भएका छन् । छोरी रेणु काठमाण्डौं १ बाट, भाइ नारायण चितवन ३ र कान्छी बुहारी बिना रानामगर कञ्चनपुर १ बाट उम्मेदवार छानिएको नागरिक दैनिकमा खबर छ । प्रचण्ड भने काठमाण्डौं क्षेत्र नम्बर १० बाट उठ्दैछन् ।

0 comments:

Post a Comment

 
Top