Welcome |
५२ बर्ष माथि उक्लदा पनि नायक राजेश हमालले बिहे गरेका छैनन् । बिहेको बिषयमा विभिन्न खालका बहाना बनाउँदै आएका हमाल माघमा प्रेमिका मधु भट्टराइसँगको बिहेको तयारीमा छन् ।तर बिहेको तयारीमा रहेका हमालले कोही पनि व्यक्तिसँग जीवनभर सँगै बस्न नसक्ने तर्क गरेका छन् । काठमाण्डौमा आज सम्पन्न हुन लागेको साहित्यिक सम्मेलनमा करिब १ घन्टा बोलेका हमालले बिहेलाई ढोंगी नाताको रुपमा परिभाषित गरेका थिए ।
‘बिहेले जीवनभर एकै व्यक्तिसँग बस भन्छ, तर यो व्यवहारिक छैन, जीवनभर कोहीसँग पनि बस्न सकिदैन, यसैले बिबाह भनेको ढोंगी नाता हो’, राजेशले उपस्थित दर्शकहरुको अगाडी भने ।
बिहेको बिषयमा यस्तो भनाई दिएका हमालको कुराले यो बर्ष पनि उनको बिहे हुन्छ या हुदैन भन्ने आशंका जन्माएको छ ।
0 comments:
Post a Comment