Welcome |
चलचित्र ‘कहाँ’ भेटिएला निर्माण गरेका नायक श्रीकृष्ण श्रेष्ठ आफ्नै ब्यारनमा दोश्रो चलचित्र लिएर दर्शकमाझ आउने तयारीमा लागेका छन् । उनले निर्माण गरिरहेको चलचित्रको नाम ‘कोहिनुर’ राखिएको छ ।
चलचित्रको केही दृश्यको छायांकन भारतमा गरिएको थियो । हाल चलचित्रको छायांकन काठमाण्डौका विभिन्न स्थानमा भइरहेको छ । चलचित्रलाई आकाश अधिकारीले निर्देशन गरिरहेका छन् ।
चलचित्रका लागि आफूले बजेट नहेरेको श्रीकृष्णले अनलाइनखबरलाई बताएका छन् । उनले देशले अहिले भोगिरहेको अवस्थालाई नै ‘कोहिनुर’ भनेका छन् । यस्तै नायिका स्वेता खड्काले चलचित्र नारीप्रधान भएको बताइन् । उनले नारी हिरा भएको भन्दै उ क्रुद्ध भए काट्ने तर्क गरिन् ।
नेपाली दर्शकले एक व्यवसायिक तर उत्कृष्ट चलचित्र हेर्न पाउने तर्क यो जोडीको छ । चलचित्र कहाँ भेटिएलाले राम्रो रकम दिलाएको संझदै श्रीकृष्णले अहिलेको खस्कदो बजारले चिन्तित बनाएको बताए । तर पनि आफूले राम्रो सिनेमाका लागि प्रयास अगाडी बढाएको उनले बताए ।
0 comments:
Post a Comment