Welcome |
नायिका करिश्मा मानन्धरलाई त पहिरनको बिषयमा कसले पो सक्छ र ? करिश्मा सार्वजनिक कार्यक्रममा पुग्दा आफूले लगाउने पहिरन देखि हरेक किसिमका स्टाइलमा ध्यान दिन्छिन् । यसैले पनि उनको आकर्षणको अघि अन्य नायिकाहरु फिक्का जस्तै देखिने गर्दछन् ।आइतबार सम्पन्न ‘एचटीभी फिल्मीखबर डीजीटल सिने अवार्ड’मा पनि यस्तै दृश्य देखियो । रेड कार्पेटमा सबैभन्दा पहिला आइपुगेकी नायिका निशा अधिकारीको पहिरनले धेरैको मन अमिलो बनायो । निशाले लगाएको वन पिस पहिरनले उपस्थितहरुको ध्यान तान्न सकेन ।
तर त्यसको केही समय पछि आएकी नायिका करिश्मा मानन्धरको पहिरनले धेरैलाई आकषिर्त गर्यो । वन पिसमा आइपुगेकी करिश्माले आफूलाई सुन्दर नायिकाको छवि कायम गर्न कुनै कसर बाँकी राखिनन् ।
कार्यक्रममा करिश्मा लगतै आएकी नायिका प्रियंका कार्कीको पहिरन पनि धेरैको आकर्षणको केन्द्रमा रहेको थियो । वन पिस रातो पहिरनमा आइपुगेकी प्रियंका सेक्सी देखिएकी थिइन् । नायिका रेखा थापाको पहिरन पनि तारिफ योग्य देखियो ।
तर नायिका निशा अधिकारीले क्रिटिक्स अवार्ड पाएर धेरैको ध्यान खिचेकी थिइन् । अन्य समयमा खासै बोलचाल नगर्ने यि नायिकाहरु एउटै रोमा मिलेर बसेको दृश्य भने हेर्नलायक नै थियो ।
कार्यक्रममा एक अर्काको तारिफ हुँदा वा व्यङ्ग्य हुँदा सबै नायिकाहरुले ताली बजाए त कतै मझैले हाँसे पनि ।
0 comments:
Post a Comment