Welcome |
एमाओवादी नेता तथा गोरखा क्षेत्र नंबर १ का प्रत्यक्षतर्फका
उम्मेद्वार डा. बाबुराम भट्टराईलाई कारबाही गर्ने भन्दै नेकपा माओवादीले
पत्र काटेको छ । उनीहरुले हिजो राति गोप्य रुपमा पत्र दिई भट्टराईलाई
कारबाही गर्नु पर्नाको बिभिन्न सात कारण खुलाएको छ ।
भट्टराईमाथि उत्पीडित, जनसमुदाय र नेपालीजनतालाइ धोका दिएको, साम्रज्यवादी तथा विस्तारबादी शक्तिको योजना र निर्देशनमा राष्ट्रिय सहमति विना असंवैधानिक र अलोकतान्त्रिक ढंगले राजनीतिक प्रक्रिया अगाडि बढाएको आरोप उसले लगाएको छ । साथै भट्टराईमाथि भारतसंग गरेको बिप्पा सम्झौताको सन्दर्भमा जुवा खेलेको नेकपा माओवादीको आरोप छ ।
भट्टराईलाइ नेकपा–माओवादीका गोरखा जिल्ला सेक्रेटरी नारायण अधिकारीले सो पत्र थमाएका थिए । तर पत्र भने नेकपा माओवादीको अधिकारिक लेटरप्याडमा लेखिएको थिएन । कारबाहीको पत्र पाएपनि त्यसमा के कारबाही हुने भन्ने बारेमा भने केहि उल्लेख नरहेको बताइएको छ ।

0 comments:
Post a Comment