April 24, 2025 Menu

Welcome
१३ कात्तिक, मोरङ । छिमेकीको खुकुरी प्रहारबाट मोरङमा एक जनाको मृत्यु भएको छ । मोरङको शनिश्चरे ७ शिरिसेडाँडाका ३५ बर्षका हर्कबहादुरलाई आफ्नै छिमेकीले खुकुरी प्रहार गरी गएराति हत्या गरेका हुन् ।
राति साँढे ११ बजे छिमेकी बुद्धिमान राईको नेतृत्वमा आएका ३/४ जनाले खुकुरी प्रहार गर्दा मगर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा राती २ बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
खुकुरी प्रहार गर्ने राईसहितका व्यक्तिहरु फरार रहेको छन् । प्रहरीले अनुसन्धानका लागि राईकी दिदीहरु सरु राई र पुनम राईलाई नियन्त्रणमा लिएको छ ।

29 Oct 2013

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top