Welcome
अभिनेत्री शुभेच्छा थापाको निर्माण तथा अभिनय रहेको फिल्म 'मिस नेपाल'को म्यूजिक भिडियो लञ्च गरिएको छ । 'ओ आमा... ' बोलको गीतमा अभिनेत्री थापासँगै क्षितिजा शाक्यले डान्स गरेकी छन् । जहाँ समन्द्री तटलाई 'क्रोमा' गरिएको छ । म्यूजिक भिडियोका नृत्य निर्देशक साईमन राजवंशी हुन् ।

विकास चौधरीको संगीतमा सिवानी मोक्तान र राजु पौडेलको स्वर छ । गीतको शब्द शंकर अधिकारी घायलको हो । सुरेन्द्र तुलाधरको निर्देशन रहेको फिल्ममा शुभेच्छा र क्षितिजासँगै अभिनेता सविन श्रेष्ठको पनि सह-अभिनय रहेको छ । फिल्मलाई दिव्य सुवेदीले खिचेका हुन् ।

मोडलिङ्मा करिअर देख्ने युवापुस्ताको संघर्षलाई लिएर फिल्म निर्माण गरिएको छ । शुभेच्छाको फिल्म वर्तमान मिस नेपालको ताज जस्तै विवादित र महत्वहिन होला या विपरीत ? प्रतिक्षा गरौं ।


0 comments:

Post a Comment

 
Top