| Welcome |
काली' बनेर दर्शकको मन जित्न सफल भएकी अभिनेत्री रेखा थापा अब भने 'कमला' बनेर आउँदैछिन् । रेखा फिल्मस्को आउने फिल्मको नाम 'कमला' राखिएको छ ।
महिला चालकको विषयलाई मुख्य प्लट बनाइने 'कमला'को भूमिकामा रेखा स्वयम् नै हुनेछिन् । निर्देशकमा 'काली'का सविर श्रेष्ठ नै दोहोरिएका छन् । 'स्लोली स्लोली..'का संगीतकार बसन्त सापकोटाले नै 'कमला'मा संगीत दिनेछन् । फिल्मका अन्य कास्ट फाइनल हुने चरणमा रहेको रेखाले फिल्मीखबरलाई जानकारी दिइन् ।
रेखा थापा स्वयम्को कथा रहेको 'कमला'को दुई महिनापछि छायाँकन प्रारम्भ हुनेछ । 'दुई महिनामा शरिरलाई 'स्लिम' पार्छु', होम प्रोडक्सन फिल्मका हरेक पक्षमा सचेत देखिने रेखाले भनिन्- 'त्यतिबेलासम्म देशमा चुनाव सकिएर स्थिति पनि सामान्य हुन्छ । सुटिङ थालेपछि कुनै बाधा नआओस् भन्नेमा हामी सचेत छौं ।' यसै साताबाट 'कमला'को प्रि-प्रोडक्सनको गृहकार्य सुरु भएको रेखाले जानकारी दिइन् ।
'कमला' महिला चालकको संघर्ष र पिडामा आधारित भनिएपनि कुन यातायातको चालक भन्ने ? बारे भने रेखाले खुलाउन चाहिनन् । रेखाले भनिन्- 'दर्शकका लागी यो सस्पेन्स नै राखौं होला । म दर्शकलाई भरपूर मनोरञ्जन दिने फिल्म निर्माण गर्नेछु ।'
रेखाले यसअघि 'हिम्मतवाली' फिल्म निर्माण गर्ने बताएकी थिईन् । 'कमला' पछि मात्रै हिम्मतवालीको सुटिङ गरिने रेखाले बताइन् । 'हिम्मतवाली'लाई कमलकृष्णले निर्देशन गर्ने बताइएको छ । 'काली' पछि 'कमला' बनेर आउन लागेकी रेखाले कस्तो फिल्म बनाउँछिन् ? प्रतिक्षा गर्रौ ।

0 comments:
Post a Comment