April 17, 2025 Menu

Welcome
एक भिडियोमा नायिका बेनिशा हमाललाई ३ देशको झण्डा समावेश गरिएको पहिरनमा देख्न सकिनेछ । बेलायत, डेनमार्क र अष्ट्रेलिया को झण्डा अंकित पहिरन लगाएर एक भिडियोमा अभिनय गरेकी वेनिशालाई यसको अर्थ भने खासै थाहा छैन ।भिडियोमा विभिन्न देशका झण्डा राखेर बनाइएको पहिरनको अर्थ के भन्ने प्रश्नमा उनले आफूलाई सुहाएकाले राखिएको बताइन् । तर यसको यथार्थ अर्थ भने आफूलाई पनि थाहा नभएको बताइन् । ड्रेस बनाउनेले नै पहिरनमा विभिन्न देशको झण्डा प्रयोग गरेर तयार पारेको तर्क छ ।
सरोज थापा र बेनिशा हमालले अभिनय गरेको ‘सम्बन्ध यो तिम्रो र मेरो वुझ्नलाई धेरै गाह्रो’ बोलको गीतको भिडियोलाई सुलभ श्रेष्ठले निर्देशन गरेका हुन् । यो गीतमा सुलभको नै आवाज समावेश छ । अर्जुन तिवारीले छायांकन गरेको भिडियोमा बेनिशाको यो नयाँ अवतार र पहिरनलाई कसरी चर्चा गरिनेछ, त्यो भने हेर्न नै बाँकी छ ।benish-video-shoot

24 Nov 2013

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top