Welcome |
प्रत्यक्षतर्फ नेकपा एमालेले पेन्डुल बनाएर उम्मेदवारी खोसेपनि नेपाली सिनेमाका चर्चित नायक भूवन केसीलाई भने फाइदै भएको छ । काठमाण्डौ क्षेत्र नम्बर १ मा एमालेले पाएको मतले यस्तै कुराको संकेत गरेको छ । क्षेत्र नम्बर १ मा भूवनको सट्टामा उम्मेदवार बनेकी विद्या न्यौपानले पाएको मतले पनि भूवन यदि प्रत्यक्षतर्फ उठेको भए हार्न सक्थे भन्ने कुरालाई देखाएको छ ।प्रत्यक्षतर्फ पेन्डुलम बनेतापनि नायक भूवन केसीले समानुपातिकमा भने स्थान पाएका थिए । देशभर समानुपातिक तर्फको परिणाम आउन थालेपछि भूवनको उत्साह पनि बढेको छ । एमालेले देशभरबाट राम्रो मत ल्याएपछि भूवन केसीलाई सांसद बनाउने संभावना पनि बढ्दै गएको छ ।
काठमाण्डौ क्षेत्र नम्बर २ बाट विजयी भएका एमालेका नेता माधवकुमार नेपालसँगै भूवन पनि हिडिरहेका छन् । माधव नेपालले विजयको प्रमाणपत्र लिदा भूवन पनि सँगै पुगेका थिए । उनी एमालेका अर्का शक्तिशाली नेता केपी ओलीको चुनाव प्रचारमा पनि खटेरै लागेका थिए ।
प्रत्यक्षतर्फ टिकट नपाएपनि एमालेका उम्मेदवाहरुलाई भोट माग्न भूवन केसी व्यस्त देखिएका थिए । अनलाइनखबरसँग कुरा गर्दै भूवनले पार्टीका लागि आफू सक्रिय रुपमा लागेको र सिनेमा क्षेत्रको प्रतिनिधित्व गर्ने व्यक्ति भएकाले पनि सांसद बन्नेमा विश्वस्त रहेको बताए । प्रत्यक्षतर्फ कला क्षेत्रका सबै उम्मेदवारहरुले हारेकाले पनि भूवनको उपस्थिती यतिबेला महत्वका साथ हेरिएको छ ।
0 comments:
Post a Comment