Welcome
उसो त निर्मात्री समेत रहेकी कलाकार शुभेच्छा थापा आफ्नो नयाँ चलचित्रले मिस नेपालको बारेमा सकारात्मक सन्देश दिने बताउँछिन् । उनको नयाँ चलचित्र ‘मिस नेपाल’ले यो टाइटल जित्न चाहने युवतीको कथालाई देखाउन खोजेको छ । तर मिस नेपाल र यसको आयोजक संस्थाले भने यो सिनेमालाई सहयोग नगरेको गुनासो पनि आइरहेको छ ।फागुन महिनामा प्रदर्शनमा ल्याउने भनिएको यो चलचित्रलाई सुरेन्द्र तुलाधरले निर्देशन गरेका हुन् । चलचित्रमा शुभेच्छा थापा, कल्याण घिमिरे, सविन श्रेष्ठ, क्षितिजा शाक्य, सुरज प्रजापती, सोनु केसी लगायतको अभिनय छ ।
चलचित्रमा दिव्य सुवेदीको छायांकन, साइवन राजवंशी र केशव थापाको नृत्य, नवल नेपालको पटकथा तथा संवाद, अनन्त थपलियाको सम्पादन छ । चलचित्रमा नायिका शुभेच्छा थापाको उत्तेजक दृश्य पनि हेर्न सकिन्छ । चलचित्र भित्रकै दृश्यका लागि उनले कामुक फोटोसुट पनि गरेकी छिन् ।
चलचित्रमा समावेश ‘ओ अम्मा’ बोलको गीत पनि निर्माणपक्षले सार्वजनिक गरेको छ । क्रोमामा खिचेर विदेशका विभिन्न दृश्यहरु समावेश गरिएको यो गीतले बजारमा राम्रो चर्चा पाउने आशा गरिएको छ ।

0 comments:

Post a Comment

 
Top