Welcome
समाचारको शिर्षक पढ्दा तपाइलाई केही अनौठो र रमाइलो पनि लाग्न सक्छ । तर एक कार्यक्रममा निर्माता खगेश्वर पुनले नायिका नीता ढुंगानासँग यस्तै किसिमको चाहना राखेका छन् । ‘उर्वशी’ सिनेमाका निर्माता पुनले आमा बनेपछि नायिका अरुणिमा लम्साललाई चलचित्र क्षेत्रमा कमब्याक गराएको भन्दै अर्को सिनेमामा आमा बनेकी नीतालाई कमब्याक गराउने बताए ।
‘पाहुना’ नामक सिनेमा बनाएका पुनले १० बर्षको अन्तरपछि यो चलचित्र बनाएका हुन् । उनको यो कुराले कार्यक्रम हलमा उपस्थित पत्रकार तथा अन्य चलचित्रकर्मीमा तरंग पैदा गरिदिएको थियो ।
नायिका नीता ढुंगानाले भने निर्माताको यस्तो चाहना पुरा हुन अझै १० बर्ष लाग्ने बताइन् । ‘भर्खरै २२ बर्ष पुगेको छु, बिहे गरेर बच्चा जन्माउन त अझै १० बर्ष लाग्छ’, नीताले भनिन् ।
मनिष पन्थको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र मंसिर १४ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा नायिका ढुंगाना शिर्ष भूमिकामा छिन् । उनको साथमा चलचित्रमा अरुणिमा लम्साल, किशोर खतिवडा, नव कलाकार किशोर श्रेष्ठ, मुकेश आचार्य लगायतका कलाकारको अभिनय छ ।
कार्यक्रममा बोल्दै नायिका ढुंगानाले चलचित्र मसलेदार बनेको भन्दै दर्शकले मनपराउने विश्वास व्यक्त गरेकी थिइन् । नायिका अरुणिमा लम्सालले चलचित्रमा आफ्नो छोटो तर महत्पूर्ण भूमिका रहेको बताइन् । कार्यक्रममा नायक किशोर खतिवडा, मुकेश आचार्य, कलाकार रश्मी भट्ट, नव कलाकार किशोर श्रेष्ठ लगायतले पनि आफ्नो भनाई राखेका थिए ।nita-and-arunima
urbashi-album-bimochan
urbashi-team

0 comments:

Post a Comment

 
Top