April 18, 2025 07:33:30 AM Menu

Welcome
आगामी डिसेम्बर १४ तारिखमा जर्मनीको म्याडगेबर्ग स्थित मारिटिम होटलमा आयोजना हुन लागेको ‘मिस इन्टरकन्टिनेन्टल २०१३’ मा सहभागी हुन मोडल ओशिका न्यौपाने शनिबार त्यतातर्फ प्रस्थान गर्ने भएकी छिन् । यो प्रतियोगिताको ४२ औं संकरणमा नेपालले पहिलो पटक सहभागीता जनाउन लागेको हो ।विश्वका विभिन्न ५८ वटा देशका सुन्दरीहरुले प्रतिस्पर्धामा सहभागी हुनेछन् । मिस यूनिभर्स हुनु अघि भारतिय नायिका लारा दत्तले यो उपाधी चुमेकी थिइन् । नेपालमा केही समय अघि आयोजना भएको ‘मिस इन्टरनेशनल नेपाल’को उपाधी जितेपछि ओशिकाले यो अन्तरराष्ट्रिय प्रतिस्पर्धामा सहभागीता जनाउन पाएकी हुन् ।
ओशिकाले प्रतिस्पर्धामा सहभागी हुनुपूर्व विभिन्न तालिम पनि लिइसकेकी छिन् । उनको लागि डिजाइनर विश्व गौतमले इभिनिङ गाउन तथा कार्यक्रमका लागि आवश्यक अन्य पहिरन तयार पारेका छन् । टेलिभिजनकर्मीको रुपमा पनि अनुभव बटुलिसकेकी ओशिकाले पौडी, भ्रमण, नृत्यमा रुची भएको बताइन् । २० बर्षको उमेरमै यो प्रतिस्पर्धामा सहभागी हुन लागेकी ओशिकालाई हाम्रो तर्फबाट पनि सफलताको शुभकामना ।osica-neupane-1
osica-neupane-2
तस्वीर सौजन्य : शिव लाल श्रेष्ठ

28 Nov 2013

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top