Welcome
नेपाल उद्योग वाणिज्य महासंघले ३३ दलको बन्दको विरोधमा शान्ति र्‍याली निकालेको छ । यातायात व्यवसायी र उद्योग व्यवसायीले निर्वाध रुपमा आफ्नो व्यवसया सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै नेपाल उद्योग वाणिज्य महासंघले बन्दको विरोध जनाएको हो । 
यातायात बन्द लगायत सम्पूर्ण बन्दको फिर्ता लिन माग गर्दै महासंघको अगुवाईमा उपत्यकाका सबै नाकाबाट सवारीसाधन सहितको र्‍याली निकाइएको हो । र्‍याली  खुल्ला मञ्चमा आएर  कोणसभामा परिणत हुने छ  ।  र्‍यालीमा सहभागी उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यले बन्द सँधैका लागि बन्द गराउन यो र्‍याली निकालेको बताउनुभयो । बन्दले सर्वसाधारण मारमा पर्ने भएकाले सहयोग गर्न पनि आग्रह गर्नुभयो । त्यस्तै राष्ट्रिय व्यवसायी पहलका महासचिव सुरेन्द्रबीर मालाकारले बन्दले कसैको हित नगर्ने भन्दै बन्द फिर्ता लिन बन्दकर्तालाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो – सरकार र निर्वाचनमा सहभागी दल निर्वाचनको प्रचारमै केन्दि्रत भएकाले बन्दको असरका बारेमा उचित सम्बोधन नगरेको भन्दै यसलाई फिर्ता गराउन प्रमुख दल सरकार गम्भिर हुनुपर्ने बताउनुभयो । त्यस्तै होटल व्यवसायी संघका अध्यक्ष श्याम सुन्दरलाल कक्षपतीले चुनावको अघिपछि भएको बन्दका कारण होटल व्यवसाय चौपट भएको भन्दै आक्रोस व्यक्त गर्नुभयो । पर्यटनको मुख्य सिजनमा भएको बन्दले नेपाललाई ठूलो आर्थिक क्षति भएको उहाँको भनाई छ ।

0 comments:

Post a Comment

 
Top