April 16, 2025 Menu

Welcome
पालमा शिलान्यास भएको वर्षौसम्म पनि पुल नबनेका धेरै उदाहरण छन् । यो हाम्रो मात्र समस्या भने होइन् । यस्तै समस्याबाट आजित भारत विहारका जनताले भने आफ्नो असन्तुष्टि जनाउने अनौठो तरिका अपनाएका छन् ।
स्थानीयबासीले गाउँ नजिकको नदीमा पुल चाहेका थिए, तर उनीहरुको माग सुनुवाई भएन । गाउँलेहरुले दुःखसुख गरेर आफ्ले पुल मात्र बनाएनन्, नेताहरुलाई प्रवेश निशेध समेत घोषणा गरेका छन् ।
मेल टुडेका अनुसार विहारको दरभंगा जिल्लाको बहादुरपुरमा कमलपुर-ब्रहृम्रोतर घाटका मानिसहरुले कमला नदीमा बाँसको पुल बनाएका छन् । साथै उनीहरुले पुल बनाउने माग सुनुवाई नगरेको भन्दै मन्त्री र विधायकलाई प्रवेश निशेधको घोषणा गरेका छन् ।
पुलमा लगाइएको व्यानरमा भनिएको छ-पुलमा जनप्रतिनिधि सांसद, विधायकलाई प्रवेश निशेध छ ।’ स्थानीयले पक्की पुल नबनेसम्म चुनाव बहिस्कारको समेत घोषणा गरेका छन् । सन् १९८५ मा नदीमा पुल बनाउन शिलान्यास गरिएको थियो, तर, अहिलेसम्म काम सुरु हुन सकेको छैन ।

26 Nov 2013

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top