April 17, 2025 Menu

Welcome
नेपाली सिनेमा झुर छ भने डब्बा हुन्छ । पहिलो दिनमै झुर फिल्म भनेर हल्ला फिजियो भने सिनेमाका निर्माताले पानी पनि भन्न पाउँदैनन् । यसैले केही दिन भएपनि बजारमा झुरै फिल्मको पनि राम्रै चर्चा हुनुपर्दछ ।तर बजारमा आएका र समिक्षकहरुले निक्कै झुर भनेका हिन्दी सिनेमाको लगानी सधै सुरक्षित हुन्छ । यो बर्ष मात्र प्रदर्शनमा आएको साहरुख खान अभिनित चलचित्र ‘चेन्नई एक्सप्रेस’लाई समिक्षकहरुले गतिलो भनेनन् । तर यही सिनेमाले नेपालबाट ३ करोडको ग्रस कलेक्शन गर्‍यो ।
सानो पर्दाबाट ठूलो पर्दाको निर्माता बनेका हाँस्यकलाकार दिपकराज गिरीलाई पनि दर्शकको यस्तो मनोभावनाले डर पैदा गरेको छ । एक कार्यक्रममा बोल्दै उनले भने, ‘नेपालमा नेपाली सिनेमा झुर भन्नै वित्तिकै हलसम्म दर्शकै नजाने परिपाटी छ । तर हिन्दी सिनेमा झुरै छ भने पनि एकपटक हेरौ न भन्ने सोचाई दर्शकमा छ ।’ यसैले नेपालमा नेपाली सिनेमा चलाउन गाह्रो हुने उनको तर्क छ ।
‘छ एकान छ’ नामक सिनेमा लिएर बजारमा आउन लागेका दिपकले यस्तो आग्रह पत्रकारहरुलाई घुमाउरो पारामा गरेका हुन् । पत्रकारले नेपाली सिनेमा झुर भनेपछि दर्शक हलसम्म नजाने गरेको उनले बताए । ‘तर हिन्दी सिनेमा झुरै छ भनेर लेख्नुहोस्, कसरी झुर रैछ एकपटक हेरौ न भनेर पनि दर्शक हलसम्म जान्छन्’, उनले भने ।

26 Nov 2013

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top