Welcome
nepal india cross flag२७ असोज, काठमाडौं । भारत सरकारले आतंककारीद्धारा नेपालका महत्वपूर्ण नेताको हत्या हुनसक्ने सूचना नेपाल सरकारलाई दिएको छ ।
काठमाडौंस्थित भारतीय दूतावासले दिएको यो सूचनामा नेपाली नेताहरुको हत्यासँगै आफ्ना दूतावासका वरिष्ठ अधिकृतहरुको पनि अपहरण हुनसक्ने उल्लेख छ । १८ दिनअघि अर्थात २४ सेप्टेम्बर, २०१४ मा एक गोप्य तथा औपचारिक पत्रमार्फत भारतले नेपाली नेताहरु तथा भारतीय कूटनीतिक अधिकृतहरुको सुरक्षासँग सम्बन्धित अति संवेदनशील सूचना दिएको अन्नपूर्ण पोस्टमा खबर छ ।
भारतले यस्तो सूचना आफूले अत्यन्त भरपर्दो र विश्वासिलो स्रोतबाट पाएको पनि पत्रमा उल्लेख गरेको छ । परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारलाई लेखिएको पत्रमा नेताको हत्या र कूटनीतिक अधिकृतको अपहरणको खतरा के कारणले हुने हो भन्ने खुलाइएको छैन् । तर, अन्तर्राष्ट्रिय संगठन अलकायदा र इन्डियन मजाुहिद्दिनबाट यस्तो कार्यको सम्भावना रहेको उल्लेख छ । सूरक्षामा अत्यन्तै सुरक्षा खतरा भएका नेता कोको हुन भन्ने उल्लेख नगरी ‘प्रोमिनेन्ट नेपाली पोलिटिसियन्स’ भन्ने वाक्यांश प्रयोग गरिएको छ ।
सूचनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान अपहरण हुन सक्ने कुरासमेत उल्लेख भएर आएकाले थप सुरक्षा संवेदनशीलता बढाएको सुरक्षा स्रोतले बतायो । सूचना इन्डियन मुजाहिद्दिन र अलकायदाका सदस्यले काठमाडौं विमानस्थलबाट नेपाली वा भारतीय विमान अपहरण गर्ने योजना बनाइरहेको उल्लेख छ ।

1 comments:

  1. तपाईंलाई ऋण चाहिन्छ? के तपाईं एक वित्तीय संकटमा हुनुहुन्छ वा आफ्नो आफ्नै व्यवसाय सुरु गर्न पैसा चाहिन्छ? के तपाईं आफ्नो ऋण वा वेतन बिल सुल्झाउन वा राम्रो व्यवसाय सुरु गर्न एक ऋण चाहिन्छ? कम क्रेडिट स्कोर छ र तपाईं स्थानीय बैंक र अन्य वित्तीय संस्थाहरूबाट राजधानीको ऋण लिन गाह्रो हुनुहुन्छ? यहाँ तपाईंको संगठनबाट ऋण प्राप्त गर्ने मौका हो। हामी निम्न उद्देश्यहरू र थपका लागि विशेष ऋण प्रदान गर्दछौं। व्यक्तिगत ऋण, व्यापार विस्तार, व्यापार सुरुवात, शिक्षा, ऋण समेकन, निश्चित पैसा ऋण। हामी कम 2% ब्याज दर मा ऋण प्रदान गर्दछौं। आज हामीलाई सम्पर्क गर्नुहोस् ई - मेल brynmena222@gmail.com द्वारा

    ReplyDelete

 
Top