Welcome |
२ कार्तिक, म्याग्दी । म्याग्दीमा अरिङ्गालले टोकेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बेनी नगरपालिका वडा नंं. ९ घतान काउलेगौडाका ५५ वर्षका दल पुरी, उनकी श्रीमती ४५ वर्षकी शिवा पुरी र १२ वर्षका छोरा आशीष पुरीको मृत्यु भएको हो ।
शनिबार घाँस काट्न गएका उनीहरुलाई अरिङ्गालले टोकेको थियो । टोकाइबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि पोखराको मणिपाल अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा तीनै जनाको गएराति मृत्यु भएको हो । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उपचारका लागि मणिपाल अस्पताल पुर्याइएको थियो । मृतकको शवलाई राति नै बेनी ल्याइएको छ । शवलाई आज आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

0 comments:
Post a Comment