Welcome |
२ कात्तिक, काठमाडौ । लामो समयदेखि विवादमा रहेको वैदेशिक रोजगार ब्यवसायीहरुको विवाद पुनः चर्किने भएको छ । बडादशैं, तिहार तथा छठ पर्वको अवसरमा संघको तर्फबाट आइतवार चियापान कार्यक्रम गर्न लागिएकोमा आफूलाई नै अध्यक्ष दावी गर्दै आएका बलबहादुर तामाङ पक्षधरले भने कार्यक्रम असफल पार्ने तयारी गरेका छन् ।
जिल्ला प्रशासनको आदेशपछि केही समय मौन रहेका तामाङ्ले आफू नै संघको अध्यक्ष रहेको दावीसहित संघको नाम र लोगो दुरुपयोग गर्दै चियापान कार्यक्रमको प्रचार गरेको भन्दै संघको कुनै कार्यक्रम नभएको सार्वजनिक सूचना जारी गरेका छन् ।
तर संघका अध्यक्ष वाग्लेले भने तामाङ्को सूचना अनधिकृत भएको जनाएका छन् । अनधिकृत ब्यक्तिबाट चियापान कार्यक्रम नै नभएको भन्दै भ्रमित पार्न खोजेको वाग्ले बताउँछन् ।
अविश्वासको प्रस्ताव ल्याई तामाङ्लाई अध्यक्षबाट हटाइएपछि उनी पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालत पुगेका थिए । तर संघको बहुमत सदस्यलाई हंशराज वाग्लेलाई अध्यक्ष बनाएको भन्दै पुनरावेदनले तामाङ्को रिट खारेज गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौले वाग्लेलाई नै अध्यक्ष मान्नु भनेर लिखित आदेश जारी गरेको थियो । गत चैत्र २४ गतेदेखि तामाङ्को दुई वर्षे कार्यकालसमेत सकिएको छ ।
आफ्नो कार्यकाल सकिए पनि अर्को अधिवेशन नभए सम्मकालागि आफू नै अध्यक्ष रहेको तामाङ्को दावी छ । उनले सर्वोच्च अदालतबाट स्टे अर्डर आइनसकेकाले सर्वोच्चमा विचाराधिन रहेका अवस्थामा अन्य कसैलाई अध्यक्ष स्वीकार गर्न नसकिने बताउँछन् ।
संघले काठमाडौको नक्सालमा आइतवार दिउँसो राखेको चियापान कार्यक्रममा श्रम राज्य मन्त्री टेकबहादुर गुरुङलगायतका सरकारका वरिष्ठ अधिकारीहरुसहित एक सय ६० जनालाई अतिथिका रुपमा आमन्त्रण गरिएको अध्यक्ष वाग्लेले बताए ।

0 comments:
Post a Comment