Welcome |
एजेन्सी – बेलाबेलामा यस्ता समाचार सुन्नमा आउँछन्,जसलाई पत्याउन गाह्रो पर्छ । यस्तै समाचार सन् १९३३ मा पेरुको तिक्रापो इलाकाबाट आएको थियो । पेरुकी ६ वर्षकी बालिकाले एउटा स्वस्थ बच्चालाई जन्म दिएको समाचारले सबैलाई चकित बनाएको थियो ।
लिना मदिनाले ६ वर्ष सात महिनाको उमेरमा एक स्वस्थ बच्चालाई जन्म दिएकी थिइन् । यसलाई चिकित्सा विज्ञानको इतिहासमा आजसम्मकै विचित्र घटनाका रुपमा लिइन्छ । सबैभन्दा कम उमेरकी आमाका रुपमा लिनाले बनाएको रेकर्ड आजका मितिसम्म कसैले तोड्न सकेको छैन । पाँच वर्षको उमेरमा लिनाको पेटको आकार बढ्न थालेपछि बाबुआमा चिन्तित भएका थिए ।
लिनाले आफ्नो छोराको बाबु को हुन् भन्ने कहिल्यै बताइनन् । उनका बाबुलाई यसका लागि जिम्मेवार भएको आशंकामा पक्राउ गरिए पनि प्रमाण नजुटेपछि छाडिएको थियो - नयाँ पत्रिका
0 comments:
Post a Comment