Welcome |
रुपन्देहीको खुदाबगर गाविसका-३ का प्रदीपकुमार थारु, विक्रम नाउँ, सक्रौन पकडी गाविसका ३० वषर्ीय राजाराम यादव, चन्दि्रका यादव, सिपवा गाविसका शिवसागरप्रसाद यादव लगायत २० जना व्यक्तिले भण्डारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले उनको पिछा गरेको हो ।
ड्राइभिङ्ग लाइसेन्स (सवारी चालक अनुमतिपत्र) बनाइदिन्छु भन्दै रकम असुलेको आरोपमा पक्राउ पर्नेमा रुपन्देही मक्रहर-८ बेडरहनीका ३१ वर्षी गोकुल उर्फ भानुभक्त भण्डारी रहेका छन् ।
पक्राउ परेका भण्डारीले बुटवलस्थित यातायात व्यवस्था कार्यालय लुम्बिनीका कर्मचारीको मिलोमतोमा चालक अनुमतिपत्र बनाउने र बेच्ने गरेको प्रहरीलाई वयान दिएका छन् ।
आफूलाई यातायात व्यवस्था कार्यालय लुम्बिनीको कर्मचारी भएको बताएर बिहीबार कमरिया-९ झुलनीपुर चोकमा सवारी साधनको लाइसेन्स बनाइदिन्छु भन्दै रकम उठाउँदै गरेको अवस्थामा प्रहरीले भण्डारीलाई समातेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी भण्डारी र उनको धन्दा सार्वजनिक गरेको छ ।
पक्राउ परेका भण्डारीको डायरीमा १ सय २६ जनाको विवरण लेखिएको पाइएको छ । त्यसैगरी रजिष्ट्ररमा १ सय ४३ जनाको नाम र थरसहित सम्बन्धित व्यक्तिसँग उठाएको रकम विवरण समेत डायरीमा फेला परेको छ ।
डायरीमा देखिएको यस्तो विवरणका आधारमा उनले सयौं व्यक्तिलाई नक्कली सवारी लाइसेन्स बाँडिसकेको प्रहरीको अनुमान छ । त्यस्ता लाइसेन्सका आधारमा सवारी चलाउनेहहरुबाट दुर्घटनाको जोखिम अरु बढ्ने प्रहरी अधिकारी बताउँछन् ।
पक्राउ परेका भण्डारीले मोटरसाइकल, ट्याक्ट्रर, मिनीबस र ट्रकका लागि लाइसेन्स मिलाइदिएवापत ३६ हजार रुपैयाँसम्म असुल्ने गरेको बरामद डायरीमा उल्लेख छ ।
भण्डारीले अनुष्ट्रप्रसाद थारुको चालक अनुमति पत्र ०७- १५५७३३ र रामचन्द्र थारुको ०७- १४६७४६ चालक अनुमती पत्रको नम्बर उल्लेख गरी २४ हजार लिएको १२ हजार रुपैयाँ लिन बाँकी रहेको प्रहरीले बताएको छ ।
उनका साथबाट विभिन्न व्यक्तिहरुको नागरिकता र फोटो १७ थान, रजिष्ट्रर १ थान र डायरी २ थानसमेत बरामद भएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र ढकालले बताए ।
पक्राउ परेका भण्डारीका साथबाट उनले प्रयोग गरेको लु ५ प ४९१ नम्बर प्लेट मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
यातायात कर्मचारीको समेत संलग्नता
पक्राउ परेका भण्डारीले आफुले बुटवलस्थित यातायात व्यवस्था कार्यालय लुम्बिनीको कर्मचारीको मिलोमतोमा सवारी साधन चालक अनुमतिपत्र बनाउनका लागि विभिन्न व्यक्तिसँग रकम उठाएको प्रहरी बयानमा स्वीकार गरेको पत्रकार सम्मेलनमा रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकालले बताए ।
0 comments:
Post a Comment