April 28, 2025 Menu

Welcome
कार्तिक-७, गुलरिया । तिहारको पुर्वसन्ध्यामा बर्दिया सानेश्रीमा तीन युवाले एक विवाहित महिलामाथि सामुहिक बलात्कार गरेका छन् । साप्ताहिक हाट कुसुम्बा बजारमा तिहारका लागि सामग्री खरिद गरेर फर्किने क्रममा बुधबार करिब सात बजे २५ वर्षीया महिलामाथि बलात्कार भएको हो । सानोश्री कुसुम्बा बजारस्थित सशस्त्र प्रहरी बेस क्याम्पको उत्तरमा रहेको जंगलमा बलात्कार भएको प्रहरीले जनाएको छ ।

बलात्कारपछि पीडित महिला अचेत भएकी थिइन् । होसमा आएपछि नजिकैको सशस्त्र प्रहरी बल बेस क्याम्पमा जानकारी गराएकी थिइन् । लगत्तै सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई जानकारी दिई उनलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल गुलरियामा पुर्याइएको थियो । उनले यम भन्ने व्यक्तिले बलात्कार गरेको बताएकी छिन् । मानसिक रुपमा विक्षिप्त उनी राम्ररी बोल्न सक्ने अवस्थामा छैनन् । -कान्तिपुर

23 Oct 2014

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top