Welcome |
कार्तिक-७, दोहा । ११ महिनादेखि तलब नपाएर मुद्दा झेल्दै आएका ७५ कामदार मध्ये आधाभन्दा बढि तलब छोडेर स्वदेश फिरेका छन् । एउटा सरकारी टावर बनाउने काम गरेका ती कामदारले पाउनुपर्ने १७ लाख रियाल तलबको लागि एक वर्षदेखि यहाँको उच्च अदालतमा मुद्दा लडिरहेका थिए ।
तलब नपाउनेमा प्रतिव्यक्ति १० हजार रियलदेखि ५७ हजार रियालसम्म बाँकी छ । ‘अब हामी थप मुद्दा लड्न नसक्ने स्थितिमा पुग्यौं,’ पाँचथरका राजकुमार सम्बाहाम्फेले भने, ‘हामी झन मानसिक तनावमा र्यौं । अब घर जान चाहन्छौं ।’ उनका अनुसार ३५ जना कामदार मात्रै बाँकी रहेको बताए । ‘अधिकांश साथीहरु घर फिरिसकेका छन,’ उनले भने, ‘कति पहला नै गए । कति जान थालेका छन् ।’
0 comments:
Post a Comment