Welcome
प्रभात सुवेदी । कात्तिक-५, बर्दिया । १३ वर्षीय बालकलाई भारतको दिल्लीबाट उद्धार गरी मंगलबार आफन्तको जिम्मा लगाइएको छ ।

एकल महिला सञ्जाल कालिकाको पहल र सामुदायिक सेवा केन्द्र मैनोपखरको सहयोगमा भारतको दिल्ली वाट उद्धार गरिएका कञ्चनपुर जिल्ला त्रिभुवनबस्ती गाविस वडा न. १० का सुरज वि.क. लाई उद्धार गरी परिवारको जिम्मा लगाइएको केन्द्रका अध्यक्ष भुवनेश्वर चौधरीले जानकारी दिनु भएको छ ।

बि.क. २०७० बैसाख ५ गते देखि हराएका थिए । सोही गा.बि.स. का ८ जना वालकलाई अज्ञात ब्यक्तिले नसालु पदार्थ खुवाई दिल्ली पु्याएको सुरज बि.क.बताउछन् । ती आठ जना बालकहरु पनि दिल्लीमा रहेको उनी बताउँछन् ।

एकल महिला संजाल कालिकाको पहलमा भारतको दिल्ली स्थित प्रयास संस्था संगको समन्वयमा असोज २७ गते सुरज सहित २ वालकको उद्धार गरिएको र भारतको दिल्ली स्थित प्रयास संस्थामा हाल ८ जना वालक रहेको उद्धार टोलीका सदस्य लालसरी बोहराले जानकारी दिनु भएको छ ।

भारत पु«्याईएका ति बालकहरुको तत्काल उद्धार गर्न प्रहरी, प्रशासन र नागरिक समाजले पहल गर्नु पर्नेमा एकल महिला संजाल लगाएत सर्ब साधारण माग रहेको छ ।

0 comments:

Post a Comment

 
Top