Welcome |
नक्कली नेपाली रुपैयाँको नोट बेच्ने गिरोहको नाइके नै प्रहरी हबलदार नै रहेको खुलासा भएको छ। नेपाली रु पैयाँको नक्कली नोट बेच्ने कार्यमा संलग्न भएको आरोपमा धनुषा प्रहरीले एक प्रहरी हबलदारसहित चारजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जनकपुर अञ्चल प्रहरी कार्यालयका हबलदार ३५ वर्षीय सञ्जय झा र सोही कार्यालयमा कार्यरत प्रहरी जवान २५ वर्षीय राजेशकुमार सिंह, कैलाली टीकापुर ४ का २५ वर्षीय पूर्णचन्द्र चौधरी, सर्लाही डुमरिया ३ का ३० वर्षीय मृत्युन्जयकुमार सिंह र सर्लाही मलंगवा ४ का ६० वर्षीय हैदर मन्सुरी रहेका छन्।
सक्कली रुपैयाँको तीन गुणा नक्कली रुपैयाँ उपलब्ध गराउने भन्दै उनीहरूले तराईका विभिन्न जिल्लामा ठगी कार्य गरिरहेको अवस्थामा गोप्य सुराकीको आधारमा धनुषाबाट पक्राउ परेको एसपी गणेश थापाले बताए।
जनकपुरकै एक होटेलमा बसेर पूर्णचन्द्र, मृत्युन्जय र हैदरले नक्कली रु पैयाँ दिएर सर्वसाधारणलाई ठगिरहेको अवस्थामा पक्राउ गर्न गएको बेला प्रहरी हबलदार झा र जवान सिंहले उनीहरूलाई उम्काउन सहयोग गरेको थापाले बताए। अन्नपूर्ण
0 comments:
Post a Comment