Welcome
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पाँच दिनभित्रै विद्यार्थीको ट्रान्सक्रिप्ट दिन सुरू गरेको छ । धेरै दिन पर्खनुपरेको गुनासो बढेपछि उपकरण भित्र्याएर छिटो दिने व्यवस्था गरिएको हो।

यसअघि माग गरेको १५ दिनपछि मात्र पनिकाले ट्रान्सकृप्ट दिने गरेको थियो। ट्रान्सकृप्टसँगै ुओरिजिनल सर्टिफिकेटु १५ दिनमा र प्रोभिजनल सर्टिफिकेट तीन दिनमा दिन थालिएको परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक शंकर भण्डारीले जानकारी दिए।

पहिले ट्रान्सकृप्ट प्रिन्ट हुने कोठा एउटै भएकोले धेरै समय लाग्ने गरेको थियो। अहिले हरेक तह र संकायका टद्ब्रान्सक्रिप्ट प्रिन्ट गर्ने छुट्टा(छुट्टै कोठाको व्यवस्थापन गरिएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

यसै गथरी रजिष्ट्रेसन लिने समस्या पनि समाधान हुने भएको छ। करिब ६ वर्षयता विद्यार्थीले समयमै भर्ना भएपनि रजिष्ट्रसन नम्बर नपाउने समस्या रहँदै आएको छ।

0 comments:

Post a Comment

 
Top