Welcome
संसारमा सबैभन्दा राम्रो मुर्रा जातको राँगो राखेको दावी गरेका भारत हरियाणाका किसान कर्मवीर सिंहले आफ्नो युवराज (राँगोको नाम) लाई ११ करोड २० लाख नेपाली रुपयाँमा बेच्नको लागि इन्कार गरेका थिए । अखिल भारतीय मवेशी प्रदर्शनीमा आएका कर्मवीर सिंहले बताए अनुसार यो राँगोले प्रति वर्ष नेपाली रुपयाँ ८० लाख रुपयाँ सम्मको कमाई गर्छ ।

उनले बताए अनुसार भारत चन्डीगढको नजिक एक किसानले उक्त राँगोलाई खरीद गर्नको लागि ११ करोड २० लाख रुपयाँसम्मको बोली लगाएका थिए तर उनले पछी बेच्न मानेनन् । उनले भने - "युवराज (राँगोको नाम) मेरो छोरा सरह हो । म उसलाई बेच्न कसरी सक्छु ? कुरुक्षेत्रका युवराजको लम्बाई १४ फिट तथा ऊंचाई ५ फिट ९ इन्च रहेको छ ।

११ करोडको राँगो कर्मवीर सिंहले यो राँगोको हेरचाहको लागि प्रति महिना ४० हजार खर्च गर्ने गर्छन् । यो राँगोलाई प्रति दिन २० लीटर दूध खुवाउने गरिन्छ तथा ५ किलो स्याउ पनि दैनिक खुवाउने गरिन्छ । यसको अलावा यसलाई राम्रो गुणस्तरको १५ किलो आहारा पनि खुवाउने गरिन्छ ।

प्रदर्शनीमा सर्वश्रेष्ठ श्रेणीको पशु पुरस्कार प्राप्त गरेको यो राँगोको बारे सरदार वल्लभ भाई पटेल कृषि विश्व-विद्यालयका वरिष्ठ वैज्ञानिक रवीन्द्र सांगवानले १४०० किलोग्राम भारवाले युवराज (राँगोको नाम) लाई एकदम राम्रो नश्लको मुर्रा भैसी भएको बताएका छन् । उनले संवाददाताहरुलाई बताए अनुसार युवराजले प्रतिदिन ३.५ देखि ५ मिलीग्राम वीर्य दिने गर्छ । यो उच्च गुणस्तर वीर्यबाट ३५ मिलीग्राम सम्म वीर्य तयार गर्न सकिन्छ । मुर्रा नस्लको एक राँगोको गर्भाधानको लागि ०.२५ मिलीग्राम वीर्यको आवश्यकता हुने गर्दछ । यसै प्रकारले १ पटक कृत्रिम गर्भाधानका लागि नेपाली २३०० रुपयाँको खर्च लाग्ने गर्दछ । यसै हिसाबले पनि यो राँगोले एकै दिनमा ३ लाखसम्मको कमाई गर्ने गर्छ ।

0 comments:

Post a Comment

 
Top