Welcome
यो कुराले अचम्म लाग्न सक्छ कि कुखुराको अण्डाबाट कुनै महिला आमा बन्न सक्छे भनेर तर अव यो सम्भव देखिएको छ । २३ बर्षे लोरेन डोनाकी आमा बन्नका लागि कुखुराको अण्डाको मद्दत लिनु परेको खवर अन्तराष्ट्रिय संचार माध्यम डेलीमेलले बताएको छ।

लोरेन जब गर्भवती हुन्थिइन् त्यसको केहि दिनमा नै गर्भपात हुने गर्दथ्यो। गर्भपात छ पटकसम्म नरोकिए पछि कारण पत्ता लगाउन डाक्टरकोमा धाइरहिन्। लोरेनले जब डाक्टरले सल्लाह बताए कि उनको गर्भाशयमा यस्तो किलर सेल्स रहेको छ जसले उनका सबै अण्डहरुलाई मार्ने गरेको छ ।

यसबाट छुटकारा लिन डाक्टरहरुले केही जुक्ती सोचे। लोरेनको गर्भाशयमा अवस्थित किलर सेल्स लाई हटाएर ‘एग योल्क’ ट्रीटमेन्ट प्रयोग गरे। डाक्टरहरुले कुखुराको अण्डाको पहेलो भागलाई सोयाबीन तेल, ग्लिसिरिन र पानी मिलाएर एक प्रकारको फ्याट बनाए । यसलाई लोरेनको रगतमा मिसाइयो। जसकको कारण किलर सेल्स कमजोर भएर उनले स्वस्थ बच्चा जन्मको दिइन।

0 comments:

Post a Comment

 
Top